Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सृष्टि बिना किशोरको जिन्दगानी पूरै अध्यारो (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/14
प्रदर्शनकोे संघारमा रहेको फिल्म ‘बाँध मायाले’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । 'सँग-सँगै' बोलको गीतमा नव-नायक किशोर खड्का र अभिनेत्री सृष्टि श्रेष्ठ फिचर छन् । 
 
 
गीतले प्रेमभाव बोल्छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीत मिठासपूर्ण छ । सृष्टि र किशोरको केमेस्ट्री सुहाएको छ । 
 
फिल्मलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । 
 
फिल्ममा सृष्टि र किशोरसँगै आर्यन अधिकारी, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको अभिनय छ । सविर श्रेष्ठ निर्देशित फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
 
पहिलो पटक स्क्रिन साझेदारी गरेका आर्यन र सृष्टि ‘बाँध मायाले’ मा अर्जुन र श्रद्धाको भूमिकामा छन् । शिर्ष गीतका कारण चर्चामा रहेको फिल्मप्रति लभ, रोमान्स, विछोड र द्वन्द्व मिश्रित ट्रेलरले दर्शकमा कौतुहलता बढाएको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)