Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सञ्जयको छवि सुधार्न ‘सञ्जू’ मा के-के गरेनन् हिरानीले !

फिल्मीखबर, काठमाण्डौ, 2018/09/14
बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ ले बक्सअफिसमा सानदार कमाई गरेको छ । कमाईभन्दा पनि रोचक कुरा यो फिल्मले समाजमा सञ्जयको नकारात्मक छविलाई बदलेर निकै सकारात्मक बनाएको छ । 
 
उनको समाजमा छवि बदल्नका लागि निर्देशक राजकुमार हिरानीले फिल्मको स्क्रिप्टमा निकै बदलाव ल्याएका थिए । यो कुराको खुलासा उनी स्वयमले गरेका छन् । ‘सञ्जू’ मा कयौं सिनको छायांकन स्क्रिप्टबाट टाढा रहेर गरिएको थियो । 
 
दर्शकमा सञ्जयप्रतिको सहानुभूति ल्याउन स्क्रिप्टमा फेरबदल गर्नु परेको निर्देशक हिरानीले बताएका छन् । 'जब हामीले पहिला एडिट गरेर मानिसहरुलाई देखायौं तब उनीहरुलाई सञ्जयसँग रिस उठेको थियो । जुन मानिसहरुलाई मन नै परेन त्यो किन राख्ने भन्ने लाग्यो र हटायौं', उनले भने । 
 
 
'सुटको दौरान मलाई लाग्यो कि जुन म गरिरहेको छु त्यो ठिक होइन । किनकी म एक वास्तविक कहानी बनाउन जाँदैछु यसकारण मलाई ऊप्रति कुनै सहानुभूति हुनुहुन्न', उनले थपे, 'तर, पछि मलाई महशुस भयो कि यो मेरो हिरो हो । उसको लागि थोरै भएपनि सहानुभूति चाहिन्छ ।' 
 
हिरानीले सञ्जयको छवि बदल्न स्क्रिप्टमा नभएको केही सिन पनि थपेको खुलाए । उनी भन्छन्, 'कोर्टको फैसलापछि सञ्जयले आत्महत्या गर्ने कोशिश गरेका थिए । यसबारे मलाई सञ्जयले भनेका थिए तर हामीले यसलाई फिल्ममा राखेको थिएनौं । यो सिन मैले पछि जोडेको हुँ ।' 
 
आत्महत्या गर्न खोजेको सिन ओरिजनल स्क्रिप्टमा नभएको उनले बताए । 'तर, पछि मलाई लाग्यो कि यसले केही सहानुभूति अवश्य मिल्नेछ ।' उनले यो कुरा इन्डियन फिल्म तथा टेलिभिजन डाइरेक्टर्स एसोसिएशनमा भनेका हुन् । 
 
उनलाई लाग्छ सञ्जयको हरेक एक हिस्सामा एक राम्रो फिल्म बन्न सक्छ । 'उसको जीवनमा निकै उतारचढाव भएको छ' उनले भने, 'मलाई लाग्छ कि यो फिल्मको डाइरेक्टर अनुराग कश्यपले पनि निकै राम्रो तरिकाले बनाउन सक्छन् ।'
Most Visited News (monthly)