Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुस्मिताले गरिन् अष्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट

फिल्मीखबर, काठमाण्डौ, 2018/09/13
सुपरस्टार अनमोल केसीकी आमा तथा अभिनेत्री सुस्मिता बम्जन (केसी) ले इन्गेजमेन्ट गरेकी छन् । गएको ९ सेप्टेम्बरमा दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनको टिकाटालो भएको हो । 
 
 
पारिवारिक सहमतीमा नै स्वामीसँग इन्गेजमेन्ट भएको सुस्मिताले बताएकी छन् । अनमोलकै सहमतीमा यो इन्गेजमेन्ट भएको बुझिएको छ । सुस्मिताको विवाह अर्को वर्षको भ्यालेन्टाइन डेमा हुनेछ । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक धनाड्य व्यापारी हुन् ।  
 
सन् २००१ मा अभिनेता भुवन केसीसँग डिभोर्स लिएपछि सुस्मिता एक्लै बस्दै आइरहेकी थिइन् । गएको दुई वर्ष अगाडि उनले निर्माण गरेको फिल्म 'म त तिम्रै हुँ' प्रदर्शनमा आएको थियो । काठमाडौंमा उनी लामो समयदेखि डेरामा बस्दै आइरहेकी थिइन् । 
 
 
सुस्मिताले भुवनसँग 'नेपाली बाबु', 'करोडपति', 'सुपरस्टार' लगायतका फिल्ममा काम गरेकी छन् । फिल्ममा काम गर्दैगर्दा सुरु भएको यो कपलको प्रेमले विवाहको रुप लिएको थियो । 
 
केही वर्षदेखि भुवन अभिनेत्री जिया केसीसँग लिभिङ टुगेदरमा छन् । अनमोल पितासँगै बस्ने गर्छन् । धेरैपटक उनले आमा-बुबालाई मिलाएरै छाड्ने बताएका थिए । 
Most Visited News (monthly)