शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शनमा आरम्भ गर्न लागेको युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म 'रोज' को नयाँ गीत सार्वजनिक भएको छ । फिल्मको सस्पेन्स खुल्ने डरले 'तिम्रो पछि-पछि...' गीत निर्माण टिमले लुकाएको थियो ।
 (2).jpg)
नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईले गीतमा स्वर भरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतको शब्द दयाराम पाण्डेलले लेखेका हुन् । भिडियोमा प्रदीप आफ्नो मुटुमा अभिनेत्री परमिता आरएल राणाको नाम लेखिएको भन्दैछन् ।
घरेलू बजारमा अपेक्षाकृत व्यापार गर्न नसकेको यस फिल्मले एक सोझो युवकको क्राइम तर्फको यात्रा पेश गर्छ । नीरक पौडेल निर्देशित फिल्ममा प्रदीप र परमितासँगै मिरुना मगर, कर्मा शाक्य पनि लिड रोलमा छन् ।
आफ्नै प्रेमिकाको हत्या गर्न एक प्रेमी कसरी विवश हुन्छ भन्ने कथा फिल्मले भन्छ । अभिनेता प्रदीपले उक्त फिल्ममा एक अपराधीको भूमिका निर्वाहा गरेका छन् । कथावस्तु नयाँ भएपनि प्रस्तुती कमजोर हुँदा 'रोज' ले दर्शकको मन जित्न सकेको छैन ।
प्रदीपका 'डाइहार्ट' फ्यानले मात्र फिल्मलाई उत्कृष्ट भनेका छन् । धेरैले उक्त फिल्म उनको गलत छनौट भनिरहेका छन् । उनी भने पहिलो पटक फरक भूमिका प्रयोग गर्न पाएको भन्दै फिल्म छनौटलाई लिएर कुनै पश्चताप नभएको बताउँछन् ।
गीत हेर्नुहोस् :-

