रिलिज अगावै निकै कम फिल्मको लोभलाग्दो चर्चा हुन्छ । यही भीडमा उभिन सफल भएको छ असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ । संगीतपक्ष र ट्रेलरका कारण रिलिज अगावै फिल्मले राम्रो हाइप पाइसकेको छ ।
(3).jpg)
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण पनि फिल्मको दर्शकमाझ व्यग्र प्रतिक्षा छ । रेनाशा वान्तवा राई निर्देशित उक्त फिल्मको दुई अफिसियल पोस्टर लञ्च भएको छ ।
पहिलो पोस्टरले साम्राज्ञी र धिरजको प्रेमभाव बोल्छ । दोस्रोमा यो कपलसँगै सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा र रुवी राणा पनि फिचर्ड छन् । ‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् ।
फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित फिल्मका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।
(3).jpg)
प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा शैलेन्द्र धोज कार्कीको छायांकन, टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।

