Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बसुन्धरा र भुवनलाई सम्मान, सामिप्य र श्रीधरलाई पुरस्कार

फिल्मीखबर, काठमाण्डौ, 2018/09/13
जापानको टोकियोमा आगामी आइतबार सम्पन्न हुन लागेको 'सुर्य इन्टरनेशनल अवार्ड–२०१८' मा नेपाली फिल्म क्षेत्रमा निरन्तर लाग्दै आईरहेका दुई कलाकार तथा दुई पत्रकारलाई सम्मान तथा पुरस्कृत प्रदान गरिने भएको छ । 
 
अवार्ड समारोहमा ३ दशक भन्दा पनि बढि समय फिल्म क्षेत्रमा निरन्तर क्रियाशिल बरिष्ठ चलचित्रकर्मी तथा नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई 'सुर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८' बाट सम्मान गरिँदैछ । 
 
 
यस्तै तीन दशकदेखि लगातार फिल्म क्षेत्रमा क्रियाशिल रहँदै आएका सदावहार नायक भुवन केसीलाई 'सुर्य कलाकारिता सम्मान–२०१८' बाट सम्मान गर्न लागिएको आयोजक संस्था सुर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।
 
'सुर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८' बाट दुई चलचित्र पत्रकार पुरस्कृत हुने भएका छन् । सुर्य चलचित्र पत्रकारिता पुरस्कारबाट समिप्य राज तिमल्सेना र फोटो पत्रकारिता पुरस्कारबाट श्रीधर पौडेललाई पुरस्कृत गरिने अवार्डका नेपाल संयोजक समिर बलामीले बताए । 
 
सम्मान र पुरस्कार वितरण कार्यक्रम जापानको टोकियोमा अवस्थित नाकानो जेरो हलमा आगामी आईतावार अवार्ड समारेहमा प्रदान गरिनेछ । समारोहमा फिल्मको ६ विधा र गायनका ६ विधा गरि १२ विधामा अवार्ड वितरण गरिनेछ ।
Most Visited News (monthly)