Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

विदेशमा ‘बाँध मायाले’ को डिमाण्ड

फिल्मीखबर, काठमाण्डौ, 2018/09/13
असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ को अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन भैसकेको छ । तीन शो प्रदर्शन भैसकेको यस फिल्मका थप शो अन्य शहरहरूमा पनि हुने भएको छ ।
 
‘हामीले अष्ट्रेलियामा रहनु भएका नेपाली फिल्मप्रेमी नेपालीलाई पुरानो या बासी नभई ताजा र नयाँ फिल्म पस्कने उद्देश्यले नै नेपालभन्दा अगाडि यहाँ प्रदर्शन गरेका हौँ’, फिल्मका सह-निर्माता महेन्द्र अधिकारी भने । 
 
 
सिड्नीबासी दर्शकहरूले विशेष गरेर नायिका सृष्टिको कामको खुलेर तारिफ गरेका छन् । नायक आर्यनको काम पनि उम्दा रहेको धेरैको प्रतिक्रिया थियो । निर्देशक सबिर श्रेष्ठले निर्देशनमा गरेको मिहिनेतको पनि प्रशंसा भएको छ । 
 
राजराम पौडेल, विशाल चाम्लिंग र किशोर खड्काको पनि अभिनय रहेको ‘बाँध मायाले’ को हालसम्म अष्ट्रेलिया र अमेरिकामा शो सम्पन्न भैसकेका छन् । युके, जापान, कतार, दुबई, बहराइन लगायत देशमा पनि फिल्मको माग भैरहेको निर्माता समेत रहेको सबिर बताउँछन् । 
 
गीतसंगीत र ट्रेलरबाट चर्चामा रहेको यो फिल्ममा पहिलो पटक सृष्टि र आर्यनले काम गरेका हुन् । रामहरी धिताल र बिभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्ममा महेन्द्रसँगै केदार धिताल सह-निर्माताको रुपमा छन् । 
Most Visited News (monthly)