Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अक्षय र रजनीकान्तको ‘२.०’ टीजर रिलिज

एजेन्सी, मुम्बई, 2018/09/13
अक्षय कुमार र रजनीकान्तको मोस्ट अवेटेड फिल्म ‘२.०’ को अफिसियल टीजर सार्वजनिक भएको छ । फिल्मको पोस्टर्सबाट नै स्पष्ट भएको थियो कि फिल्ममा एक्सन र रोमान्स देखाइनेछ । 
 
 
यस्तै, फिल्मको टीजर हेरेपछि एक्सन र रोमान्सको हाई लेभलको पनि अन्दाज लगाउन सकिन्छ । तपाईहरुलाई रजनीकान्तको फिल्म 'रोबोट' त यादै होला । '२.०' त्यसैको सिक्वेल हो । 
 
यो फिल्ममा अक्षय भिलेनको भूमिकामा छन् । पहिला रिलिज भएको पोस्टरमा उनको अहिलेसम्मकै खतरनाक लुक बाहिर आएको थियो । यसमा उनले डाक्टर रिचर्डको रोल निभाएका छन् । 
 
यस्तै, रजनीकान्त एकपटक फेरि रोबोट चिट्टी र साइन्टिस्ट वसीकरणको रुपमा फर्किएका छन् । फिल्ममा स्तरिय स्पेशल इफेक्ट्सको प्रयोग गरिएको छ ।  
 
टीजर हेर्नुहोस् :-

 
एस.शंकरको निर्देशनमा बनेको उक्त फिल्म भारतीय फिल्म इतिहासको सबैभन्दा महंगो फिल्म हो । मिडिया रिपोर्ट्सका अनुसार, फिल्म ५ सय करोड बनेको छ ।
 
यो फिल्मको भिएफएक्समा मात्र ७५ मिलियन डलर अर्थात् ५ सय ४४ करोड खर्च गरिएको छ । फिल्म २९ नोभेम्बर २०१८ मा रिलिज हुँदैछ ।
Most Visited News (monthly)