Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चेलिबेटी बेचबिखनको कथामा ‘पेशा’ बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/09/12
 
विश्वदिप घिमिरेको निर्देशनमा फिल्म ‘पेशा’ निर्माण हुने भएको छ । हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीजको अवसर पारेर बुधवार दिउँसो काटेश्वरको महादेवस्थानमा फिल्मको शुभ साइत गरिएको छ । 
 
फायर इन्टरप्राइजेज प्रा.लि.को ब्यानरमा रोजन रखाल प्रस्तुतकर्ता रहेको फिल्ममा जी.एस.आलेको निर्माण रहनेछ । फिल्मको कथा टिकाराम रखालले लेखेका छन् । 
 
 
‘पेशा’ मा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामाङ, अनिता रसाईली लगायतको अभिनय रहनेछ । 
 
अर्को तीजलाई प्रदर्शन लक्ष्य राखिएको फिल्मका लागि तीजको केही दृश्य आवश्यक परेकाले अर्पझट बुधवारबाट छायांकन सुरु गरिएको निर्माता तथा कलाकार रोजनले जानकारी दिए । 
 
 
समसामयिक राजनीतिक र चेलिबेटी बेचबिखनको कथामा बन्न लागेको फिल्ममा जनक पाख्रिनको नृत्य निर्देशन, राजु जंग थापाको द्वन्द, टंक बुढाथोकी र जी.एस.आलेको संगीत रहनेछ । 
Most Visited News (monthly)