Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

तिजको बिदा ‘रामकहानी’ लाई फलिफाप

फिल्मीखबर, काठमाण्डौ, 2018/09/12
घरेलू बजारमा प्रदर्शनको दिनदेखि सुखद कलेक्सन गरिरहेको मल्टिस्टारर फिल्म ‘रामकहानी’ लाई बुधवार परेको हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीजको सार्वजनिक बिदाले ठूलो फाइदा पुगेको छ । 
 
 
बिहानैदेखि राजधानी भित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल पर्दा हाउसफुल रहेको वितरक सुनिल मानन्धरले बताएका छन् । उनले तिजको दिनको ब्यापारलाई आक्रामक भनेका छन् । 
 
तीन दिने विकेन्डमा करोड ग्रस कलेक्सन गरेको यो फिल्मले बुधवार बिदाको मौकामा ८० लाख कमाई गर्ने वितरक मानन्धरको अनुमान छ । उनका अनुसार, दिनहुँ फिल्मले हल संख्या पनि बढाइरहेको छ । 
 
 
शुक्रवारबाट प्रदर्शनमा आएको उक्त फिल्म दर्शकसँग बसेर हेर्न र प्रतिक्रिया बुझ्न नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार शोभित बस्नेत चितवन पुगेका छन् । बुधवार चितवनका अधिकांश हल हाउसफुल रहेको पूजाले बताइन् । 
 
चितवनको जलमा, इन्द्रदेव, गणेश लगायतका हलमा दर्शकको भीड देखिएको छ । पूजा र आकाशले दर्शकसँग तस्बिर खिचाउँदै फिल्म मन पराइदिएको भन्दै धन्यवाद समेत दिए । 
 
'वड अफ माउथ' निकै राम्रो मिलिरहेका कारण फिल्म हेर्ने दर्शकको संख्यामा दिनप्रतिदिन वृद्धि भइरहेको छ । दर्शकको साथ र मायाको ऋणी रहेको निर्मात्री समेत रहेकी पूजाको भनाई छ ।
 
 
उक्त फिल्ममा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलेलगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक सुदर्शन थापाले नै फिल्मको कथा लेखेका हुन् । 
Most Visited News (monthly)