Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माफी माग्दै रिहा भए कलाकार देशभक्त खनाल

फिल्मीखबर, काठमाण्डौ, 2018/09/12
 
फेसबुकमार्फत् चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका बरिष्ठ कलाकार देशभक्त खनाल रिहा भएका छन् । फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै स्टाटस लेखेपछि उनलाई प्रहरीले मंगलवार पक्राउ गरेको थियो । 
 
बुधवार महानगरीय प्रहरी परिसर टेकुमा अध्यक्ष बोगटीसँग माफी मागेपछि साढे १ बजे उनी छुटेका हुन् । उप्रान्त कसैको चरित्र हत्या नगर्ने र फेसबुकमार्फत् माफी माग्ने कागजी सम्झौता पश्चात् प्रहरीले उनलाई छाडेको हो । 
 
कलाकार खनालले रिहा भए लगत्तै फेसबुकमा एक स्टाटस लेख्दै कलाकार संघका अध्यक्ष रामकेशर बोगटीसँग माफी मागेका छन् । आवेशमा आएर अनावश्यक शब्द लेखिन गएको भन्दै उनले क्षमा मागेका छन् । 
 

केही दिन अगाडि उनले अध्यक्ष बोगटी भू-माफिया र भयानक ठग भएको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । उक्त स्टाटसले आफ्नो चरित्रहत्या भएको भन्दै अध्यक्ष बोगटीले उजुरी दिएपछि कलाकार खनाललाई प्रहरीले पक्राउ गरेको थियो । 
Most Visited News (monthly)