विदेश बस्ने नेपालीको कथाव्यथामा निर्माण भएको फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’ को अमेरिकाको न्यूयोर्कमा प्रिमियर गरिएको छ । यो फिल्म अमेरिकामा नै खिचिएको हो ।
न्युयोर्कमा नेपाली फिल्मको पहिलो पटक रेड कार्पेट शो भएको र दुई शोज एकैपटक हाउसफल भएको निर्देशक ईश्वर थापाले बताए । प्रिमियरमा विशेष अतिथिका रुपमा नेपाल सरकारका वाणिज्यदूत कृषु क्षेत्रीको उपस्थित थिए ।

अमेरिका बस्ने नेपालीहरुको वास्तविक कथा फिल्मले भन्छ । पहिलो प्रिमियर शोमा दर्शकले फिल्मको तारिफ गरेका छन् । अधिकांशले कलाकारको कामको प्रशंसा गरेका थिए । यस फिल्ममा प्रायः अमेरिकामै बसोबास गरिरहेका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मका निर्देशक तथा सम्पादक ईश्वर थापा हुन् । ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेतीको निर्माण रहेको उक्त फिल्मको नेपाल प्रदर्शन मिति तय गरिएको छैन ।
.jpg)
नन्दिता केसी, इशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको ‘अमेरिकन बाबु मेड इन नेपाल’ मा अभिनय छ ।

