Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१५४ करोडमा बनेको ‘द नन’ ले कमायो ९४३ करोड

एजेन्सी, मुम्बई, 2018/09/12
हलिउड हरर फिल्म ‘द नन’ ले दुनियाँ भरमा जबर्जस्त कलेक्सन गरिरहेको छ । ‘द नन’ 'कन्ज्यूरिङ' फ्रेन्चाइजीको ५ औं फिल्म हो । हरर जनरा लभर्सलाई फिल्मको कहानी निकै मन परेको छ ।
 
फिल्मले विकेन्डमा नै आफ्नो कुल लागतभन्दा ६ गुना बढी कमाई गर्दै रेकर्ड बनाएको छ । फोर्ब्सको रिपोर्ट अनुसार, १ सय ५४ करोड ४ लाखमा निर्माण भएको फिल्मले पहिलो विकेन्डमा ९ सय ४३ करोड २ लाखको कलेक्सन गरेको छ । 
 
यो फिल्मले घरेलू बजारसँगै भारत र नेपालमा पनि सानदार कलेक्सन गरिरहेको छ । नेपालका मल्टिप्लेक्समा यो फिल्मले सर्वाधिक शोज पाएको छ । फिल्मको कुनै शोजमा दर्शक अभाव छैन । भारतमा पनि यस्तै छ । 
 
 
‘द नन’ ले भारतमा ओपनिङ डेमा नै ८ करोडको कलेक्सन गरेको थियो । योसँगै रिलिज भएका बलिउडका तीन फिल्म 'पलटन', 'लैला मजनू' र 'गली गुलिया' निकै पछाडि छुटेका छन् । ‘द नन’ भारतमा कन्ज्यूरिङ सिरिजको सबैभन्दा ठूलो र बेस्ट ओपनर साबित भएको छ । 
 
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, भारतीय बजारमा उक्त फिल्मले  ओपनिङ विकेन्डमा कुल २८ करोड ५० लाखको कलेक्सन गरेको छ । मुभी ‘द नन’ हररबाट भरपूर छ । 
 
यसमा शैतान र चर्चवीचमा द्वन्द्व देखाइएको छ ।  जहाँ चर्चको तर्फबाट शैतानसँग लड्ने जिम्मेवारी पादरीले नभएर ननले उठाएका छन् । फिल्ममा निकै डरलाग्दा सिनहरु छन् । हरर कन्टेन्ट मन पराउनेलाई यो फिल्म ट्रीट हो । 
Most Visited News (monthly)