Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘२.०’ को भिएफएक्समा ५ सय ४४ करोड खर्च

एजेन्सी, मुम्बई, 2018/09/11
 
सुपरस्टार रजनीकान्त र अक्षय कुमारको मोस्ट अवेटेड फिल्म ‘२.०’ को चर्चा लामो समयदेखि भइरहेको छ । एस.शंकरको निर्देशनमा बनेको उक्त फिल्म बजेटलाई लिएर पनि चर्चामा आएको थियो । 
 
यो भारतीय फिल्म इतिहासको सबैभन्दा महंगो फिल्म हुनेछ । मिडिया रिपोर्ट्सका अनुसार, फिल्मको बजेट पहिला ४ सय करोड थियो, तर पछि बढेर ५ सय करोड भएको छ । हालै अक्षयको एक पोस्टले सबैलाई चकित बनाएको छ । 
 
खासमा उनले फेरि ‘२.०’ को एक पोस्टर शेयर गरेका छन् । पोस्टरबाट यो कुराको जानकारी दिइएको छ कि फिल्मको भिएफएक्समा ७५ मिलियन डलर अर्थात् ५ सय ४४ करोड खर्च गरिएको छ । 
 
फिल्म गएको दिपावलीमा रिलिज हुने बताइएको थियो, तर भिएफएक्सको काम पूरा नभएका कारण रिलिज पोस्टपोन्ड भएको थियो । अक्षयले पोस्टर शेयर गर्दै लेखेका छन्, ‘२.०’ दुनियाँ भरका ३ हजार टेक्निसियनको कडा मिहिनेत हो ।’ 
 
अबको दुई दिनमा यस फिल्मको टीजर रिलिज हुँदैछ । फिल्म '३डी' मा पनि छ ।  फिल्मलाई '३डी' को लेटेस्ट क्यामेराले सुट गरिएको हो । फिल्ममा अक्षय नेगेटिभ रोलमा देखिनेछन् । 
 
यो फिल्म वर्ष २०१० मा रिलिज भएको तामिल फिल्म ‘एन्तिरम’ अर्थात् ‘रोबोट’ को सिक्वेल हो । फिल्म २९ नोभेम्बर २०१८ मा रिलिज हुँदैछ । यो फिल्मले रिलिज अगाडि नै ११० करोड कमाई गरिसकेको छ । 
Most Visited News (monthly)