Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जसिता भन्छिन्, ‘प्रदीप प्रेमी होइन मात्र साथी’

फिल्मीखबर, काठमाण्डौ, 2018/09/11
पर्दामा निकै कम जोडीलाई दर्शकले रुचाउँछन् र पटक-पटक हेर्ने इच्छा राख्छन् । यस्तै एक सर्वाधिक रुचाइएको जोडी हो अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ । 
 
 
यो कपलले पहिलो पटक फिल्म 'लिलिबिली' मा स्क्रिन साझेदारी गरेका थिए । उक्त फिल्म जसिताको डेब्यु थियो । यसले उनलाई रातारात स्टार बनायो र डिमान्डेड पनि । 
 
फिल्म हेरेपछि अधिकांशले उनको अभिनय र सुन्दरताको मुक्तकण्ठले प्रशंसा गरेका थिए । डेब्यु फिल्म रिलिजको करिब ५ महिना वित्दै गर्दा उनले पुनः प्रदीपसँग दोस्रो फिल्ममा सहकार्य गरेकी छन् । 
 
 
उज्जवल घिमिरेले निर्देशन गर्ने फिल्म 'लभ स्टेशन' मा उनी लिड रोलमा छिन् । अभिनेता प्रदीपसँग उनको जोडी बाँधिएको छ । हालै उनी यही फिल्मका लागि लण्डनबाट नेपाल आएकी हुन् । 
 
'लिलिबिली' रिलिजको बेलादेखि प्रदीप र जसिताको अफेयरको खबर मिडियाको लाइमलाइटमा छ । यस विषयमा प्रदीपले खण्डन गरेपनि जसिता लण्डनमा भएका कारण मौन थिइन् । 
 
सोमवार उनी प्रदीप अभिनीत नयाँ फिल्म 'रोज' हेर्न राजधानीको कुमारी हल पुगेकी थिइन् । जसिताले फिल्म हेरेर निस्कँदै गर्दा प्रदीपको कामको तारिफ गरिन् । उनले दर्शकलाई पनि हेर्न आग्रह गरिन् । 
 
 
यस्तैमा उनको छेवैबाट प्रदीप मिडियासँग तर्किदै निस्किए । प्रदीपसँग अफेयरको चर्चामा कति सत्यता छ ? सञ्चारकर्मीको प्रश्नको जवाफ दिन उनी हिचकिचाइनन् । सहजै भनिन्, 'म उहाँको शुभचिन्तक हुँ । फ्यान हुँ । साथी हौं हामी । तर, प्रेम छैन ।'
 
उनले आफू अहिले करिअरप्रति चिन्तित रहेको बताइन् । फिल्म हेर्न हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) पनि पुगेका थिए । उनले 'रोज' को कथावस्तु नयाँ लागेको बताए । उनी चाँडै पहिलो पटक आफ्नो लगानीमा कमेडी फिल्म 'एन्टिभाइरस' बनाउँदैछन् । 
 
 
सो फिल्म प्रदीपलाई अप्रोज गरिएको खबर छ । 'उहाँ कमेडी फिल्म गर्न इच्छुक हुनुहुन्छ । अफर भने गरेका छैनौं । हेरौं के हुन्छ', उनले पत्रकारको प्रश्नको जवाफ फर्काए । स्रोतका अनुसार, प्रदीपले केही दिनमा उक्त फिल्म साइन गर्दैछन् । 
Most Visited News (monthly)