अहिले दर्शकमाझ व्यग्रताका साथ प्रतिक्षा भइरहेको फिल्म हो ‘इन्टु मिन्टु लण्डनमा’ । गीतसंगीत र ट्रेलरबाट हाइप पाएको उक्त फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
रिलिज अगावै यस फिल्मबाट डेब्यु गरेका धिरज मगरमाथि सबैको नजर परेको छ । गिनेचुनेका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्काको विकल्पको रुपमा उनलाई हेर्न थालिएको छ ।
(1).jpg)
केही फिल्ममेकर्सले उनलाई महंगो पारिश्रमिकसहित फिल्म अफर गरेको पनि खबर छ । धिरजले भने ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशक रेनाशा वान्तवा राईको अन्य तीन फिल्म साइन गरिसकेका छन् ।
युवापुस्तामाझ निकै नै लोकप्रिय नाम हो धिरज । उनलाई विशेषत नेपाली युटुबर भनेर चिन्ने गरिन्छ । उनको गजबको फ्यान फलोइंग छ । यसलाई 'क्यास' गर्नकै लागि रेनाशाले उनलाई फिल्ममा 'चान्स' दिएकी हुन् ।
.jpg)
उता अहिलेकी सर्वाधिक डिमान्डेड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको फिल्ममा प्रमुख भूमिका छ । उनको नामले नै फिल्म चल्छ भन्ने मान्यता धेरैको छ । 'ड्रिम्स', 'ए मेरो हजुर २', 'तिमीसँग' र 'कायरा' पछि उनी पर्दामा देखिन लागेकी हुन् ।
फिल्ममा धिरज र साम्राज्ञीको जोडी बाँधिएको छ । अहिले दुबैले फिल्मको प्रचारका लागि प्रयाप्त समय छुट्याएका छन् । हालै उनीहरुले मोफसलका विभिन्न ठाउँमा पगेर दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गरे ।
(2).jpg)
भापाको बिर्तामोड, दमक, बिराटनगर, धरान, इटहरी हुँदै फिल्म यूनिट आइतवार राजधानी फिरेको छ । मंगलवार पुनः 'इन्टु मिन्टु' अर्थात् धिरज र साम्राज्ञी पोखरा जाँदैछन् । त्यहाँ पत्रकार भेटघाटदेखि दर्शकलाई फिल्मको विषयमा जानकारी दिने कार्यक्रम रहेको निर्देशक राईले बताइन् ।
मोफसल दौडाहामा धिरज र साम्राज्ञीको क्रेज फ्यानमाझ गज्जबको देखिएको थियो । दर्शकको भिडबाट उनीहरुलाई जोगाउन निर्माण टिमलाई हम्मेहम्मे परेको थियो । एक सेल्फी नखिचि दर्शकले दुबैलाई पाइला सार्न दिएनन् ।
(2).jpg)
इटहरीको रिपोर्टस् क्लबमा आयोजना गरिएको कार्यक्रममा अहिलेकी साम्राज्ञीका 'डाइहार्ट' फ्यानहरु भेटिए । जसमध्ये एक थिइन् इटहरीमा 'पेस्को मेकअप स्टुडियो' सञ्चालन गर्दै आइरहेकी मनिता तामाङ ।
उनले साम्रज्ञी र उनको टिमलाई मायाको चिनो बोकेर पत्रकार भेटघाट कार्यक्रममा नै पुगेकी थिइन् । उनले साम्रज्ञी र टिमलाई फिल्मको पोस्टर फ्रेममा सजाएर आकर्षक मायाको चिनो प्रदान गरेकी थिइन् । तामाङ साम्राज्ञीको ठुलो फ्यान भएको बताउँछिन् ।
.jpg)
मोफसलका दर्शकबाट पाएको प्रतिक्रियाले आफूलाई फिल्म सफल हुनेमा विश्वास बढेको निर्देशक राईले बताएकी छन् । फिल्मको कथा र मेकिङमा बढी मिहिनेत गरेको उनको भनाई छ ।
‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।
(1).jpg)
आई कोर फिल्मस्को व्यानरमा निर्मित फिल्मका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।
शैलेन्द्र धोज कार्कीको छायांकन रहेको रोमान्टिक लभस्टोरीमा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको पनि अभिनय छ ।

