सुपरस्टार सलमान खान बलिउडका सर्वाधिक फ्यान फलोइंग भएका कलाकारमध्येका एक हुन् । देशदेखि दुनियाँ हरेकतर्फ उनको प्रशंसकको निकै ठूलो वर्ग छ । सलमानको फिल्म पछिल्लो केही वर्षमा सबैभन्दा बढी सुपरहिट भइरहेको छ ।
विशेषतः युवापुस्तामा उनको भूमिका निकै पपुलर हुने गरेको छ । यही कारण हो उनले कहिले पनि नेगेटिभ रोल नगर्ने निर्णय लिएका छन् । पर्दामा नेगेभिट रोल निभाउँदा त्यसको प्रत्यक्ष प्रभाव दर्शकमा पर्ने हुँदा भिलेनको भूमिका कहिल्यै नगर्ने उनको प्रण छ ।
सलमानले एक अन्तर्वार्तामा भने, 'म निकै समयदेखि फिल्म इन्डस्ट्रीको हिस्सा हुँ । मैले यो देखेको छु कि फिल्मका एक्टर्स जुन रोल निभाउँछन् त्यसलाई देख्नेहरु कहिलेकाहिं फलो गर्ने कोशिस गर्छन् ।'

'प्रशंसकहरु आँखा बन्द गरेर आफ्नो फेभरेट स्टार्सको क्यारेक्टर र यसको स्टाइलको दोहोर्याउँछन् । यसकारण मैले निर्णय लिएको छु कि म कहिले पनि नेगेटिभ रोल गर्ने छैनँ', उनले भने ।
सलमानले घुमाउरो शैलीमा 'धूम' सिरिजको चौंथो भागमा भिलेनको भूमिकामा नदेखिने पनि स्पष्ट पारे । 'धूम ४' मा उनको भूमिकालाई लिएर निकै अफवहा चलेको थियो । अब यसलाई उनको बयानले 'फुलस्टप' लगाएको छ ।
अहिले सलमान अली अब्बास जफरको फिल्म 'भारत' को छायांकनमा व्यस्त छन् । योसँगै उनको टिभी शो 'बिग बोस' को १२ औं सिजन पनि सुरु हुँदैछ । यसपटक शोमा नयाँ बदलाव ल्याइएको छ ।

