Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘रामकहानी’ हेरेपछि भुवनले भने, ‘पूजा नम्बर वान नायिका’

फिल्मीखबर, काठमाण्डौ, 2018/09/10
सदाबहार नायक भुवन केसी र अहिलेकी 'हटकेक' पूजा शर्माको निकै लोभलाग्दो मित्रता छ । उनीहरु एकअर्काको तारिफ गरेर कहिल्यै थाक्दैनन् । भुवन, पूजाको पहिरन र अभिनयको 'दिवाना' हुन् । 
 
 
पूजा त आफ्नो 'फेभरेट एक्टर' भुवनलाई मान्छिन् । दुबै एकअर्कालाई आफ्नो खाँचो भएको ठाउँमा उपस्थित हुन्छन् । आइतवार फिल्म ‘रामकहानी’ हेर्न भुवन साँझ राजधानीको कुमार हल पुगेका थिए । 
 
सेलिब्रेटी र पत्रकारका लागि आयोजना गरिएको 'स्पेशल शो' मा भुवनसँगै रेखा थापा, दीपकराज गिरी, शोभित बस्नेत, अनुभव रेग्मी, निर्मल शर्मा, जय किशन बस्नेतलगायत उपस्थित थिए । फिल्म हेरेपछि अधिकांशले पूजाको अभिनयको प्रशंसा गरे । 
 
 
उनको अभिनयमा परिपक्कता आएको धेरैको भनाई थियो । अभिनेता भुवनले त उनलाई नेपालको 'नम्बर वान नायिका' नै भनिदिए । 'प्रेमगीत', 'म यस्तो गीत गाउँछु' र हाल 'रामकहानी' हिट दिएको भन्दै उनलाई बधाई पनि दिए । 
 
उनले निर्देशक सुदर्शन थापाको मिहिनेतको पनि प्रशंसा गरेर थाकेनन् । 'एउटा पूर्ण प्याकेजको फिल्म हो ‘रामकहानी’ । आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको अभिनय उत्कृष्ट छ । दर्शकलाई फिल्मले निराश बनाउँदैन', उनले भने ।  
 
 
शुक्रवारबाट प्रदर्शनमा आएको उक्त फिल्मले अहिले घरेलू बजारमा राम्रो कलेक्सन गरिरहेको छ । अभिनेता प्रदीप खड्काको 'रोज' एकसाथ प्रदर्शनमा आएका कारण फिल्मको कलेक्सन बम्पर नभएपनि सुनाउन लायक अंक भने बक्सअफिसमा जोड्न सफल छ ।
Most Visited News (monthly)