Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ यश कुमारको ‘छिरिङ्ग’ ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/09
'बाटो मुनीको फूल' फेम्ड अभिनेता तथा गायक यश कुमार अभिनीत तथा निर्देशित फिल्म ‘छिरिङ्ग’ को अफिसियल ट्रेलर लञ्च भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई देखाएपछि फिल्मको ट्रेलर यूट्युबमा सार्वजनिक गरिएको हो । 
 
 
प्रेम र द्वन्द्वले भरिएको ट्रेलर कलरफुल छ । मेकिङ उच्च देखिन्छ । यो फिल्मले बहुपतिप्रथाको कथा भन्छ । नव-नायिका कामना भुजेलसँग दुई अभिनेता तथा गायक यश र निमा रुम्बाले रोमान्स गरेका छन् ।
 
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् । यशको यो पहिलो निर्देशित फिल्म हो । 
 
‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ । 
 
दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्म खिचिएको हो । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)