Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘एलजी फिल्म अवार्ड’ को मनोनयन सार्वजनिक, को बन्ला उत्कृष्ट ?

फिल्मीखबर, काठमाण्डौ, 2018/09/09
भदौ ३१ गते काठमाडौंमा आयोजना हुने ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ को नोमिनेशन सार्वजनिक भएको छ । अवार्ड समारोहमा बलिउड अभिनेता गोविन्दा सहभागि हुने आयोजक संस्था सिनेमा सर्कल नेपालले जनाएको छ ।
 
पर्दा पछाडिका अनुहारलाई समेत स्थान दिने उदेश्यले गएको केही वर्षदेखि प्रारम्भ भएको यो अवार्डमा 'छक्का पञ्जा २', 'पञ्चायत', 'शत्रुगते', 'लिलिबिली', 'भूइँमान्छे', 'मंगलम' र 'तिमीसँग' 'बेस्ट फिल्म अफ द इयर' को विधामा मनोनित हुन सफल भएका छन् । 
 
नवराज बुढाथोकी (भूइँमान्छे), दीपाश्री निरौला (छक्का पञ्जा २), प्रदीप भट्टराई (शत्रु गते), मिलन चाम्स (लिलिबिली), नवल नेपाल (मंगलम), शिवम् अधिकारी (पञ्चायत) र शिशिर राणा (तिमीसँग) सर्वोत्कृष्ट निर्देशकको विधामा मनोनित छन् ।
 
 
उत्कृष्ट अभिनेताको विधामा यसपटक सात अभिनेताको भिडन्त हुँदैछ । सरोज खनाल (पञ्चायत), राज कटुवाल (लाल्टिन), दयाहाङ राई (त्यान्द्रो), अनमोल केसी (कृ), प्रदिप खड्का (लिलिबिली), नाजिर हुसेन (तिमीसँग) र पुष्पल खड्का (मंगलम) बाट 'द बेस्ट एक्टर' (मेल) को विधामा मनोनित छन् । 
 
उत्कृष्ट अभिनेत्रीको विधामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तीन फिल्मबाट मनोनयनमा छिन् । 'मंगलम', 'तिमीसँग' र 'ए मेरो हजुर २' बाट उनी मनोनयनमा परेकी हुन् । यस्तै, निता ढुंगाना (पञ्चायत), बेनिशा हमाल (ब्लाईण्ड रक्स), शिल्पा पोखरेल (मंगलम) र प्रियंका कार्की (छक्का पञ्जा २) बाट उत्कृष्ट पाँचमा समेटिएका छन् ।
 
यसवर्ष ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ मा लाईफटाईम अचिभमेन्ट अवार्ड 'राँको', 'करोडपति', 'सिमारेखा', 'घामछायाँ', 'एक नम्वरको पाखे', 'कर्जा', 'घुम्टो' जस्ता दर्जनौ नेपाली फिल्म निर्देशन गरिसकेका निर्देशक किशोर रानालाई नगद ५१ हजार सहित सम्मान गरिँदैछ । 
 
को-को परे मनोनयनमा ? 
 
1) THE BEST POSTER OF THE YEAR
 
a) शत्रुगते :-  टौवा क्रिएसन  (सान थापा,  विजय बस्याल)
b) छक्का पञ्जा २ :- सुुन्दर श्रेष्ठ
c) राज्जा रानी :- टौवा क्रिएसन  (सान थापा,  विजय बस्याल)
d) पञ्चायत :- सन्जिव खड्गी
e) प्रेमगीत २ :- टौवा क्रिएसन  (सान थापा,  विजय बस्याल)
 
2) THE BEST TRAILER OF THE YEAR    
 
a) प्रेमगीत २ :- साहिल खान
b) कृ :- सुरेन्द्र पौडेल
c)  ऐश्वर्य :- साहिल खान
d)  शत्रुगते :- मीत्र डि गुरुङ
e)  म यस्तो गीत गाँउछु :- साहिल खान
 
3 ) THE BEST STUNT OF THE YEAR
 
a) लाल्टिन :- मीलन श्रेष्ठ
b)  ऐश्वर्य :- पुर्ण ओझा
c) पींजडा ब्याक अगेन :- सिम्पसन तामाङ
d) रुद्र :- विरु पन्त
e)  ऐश्वर्य :- सिम्पसन तामाङ
 
4) THE  MOST  POPULAR  SONG  OF THE YEAR
 
a) कुटुमा कुटु :- २ रुपैया : राजनराज शिवाकोटी
b ) तिमी रोएको पल :- ऐश्वर्य : अर्जुन पोख्रेल
c)  चरी चट्ट परि :- कान्छी : राजनराज शिवाकोटी
d)  भन्छु आज  :- म यस्तो गीत गाँउर्छु  : अर्जुन पोख्रेल
e) पर्ख पर्ख मायालु :- मंगलम  :  दिपक शर्मा
 
5 ) THE BEST VFX OF THE YEAR
 
a)  पिंजडा व्याक अगेन :  अक्की शर्मा
b) राधे  :  अच्युत लामीछाने
c)  कान्छी  : अनुपम शाह
d)  कृ  :  ग्लेज ईन्टरटेनमेन्ट
e)  बटरफ्लाई  : अक्की र सत्यम
f)  माई लभ :  नाओत्सुगु मिकामी
 
6) THE MOST COMMENDABLE MOVIE OF  THE YEAR 
 
a) भूइँमान्छे
b)  पञ्चायत
c)  राज्जा रानी
d) तान्द्रो
e)  तिमीसँग
f)  जालो
 
7 ) THE MOST  POPULAR ACTOR  (MALE) OF THE YEAR
 
a) दीपकराज गिरी :-  छक्का पञ्जा २
b) प्रदिप खड्का :- लिलिविली
c) अनमोल केसी :-  कृ
d)  प्रशान्त ताम्राकार :- ऐश्वर्य
e)  केदार घिमीर :- छक्का पञ्जा
 
8 ) THE MOST POPULAR ACTOR  (FEMALE)  OF THE YEAR     
 
a) साम्राज्ञी राज्यलक्ष्मी शाह :- ए मेरो हजुर २
b)  श्वेता खड्का  :- कान्छी
c) प्रियंका कार्की :- छक्का पञ्जा २
d)  केकी अधिकारी  :- राज्जारानी
e) स्वस्तिमा खड्का  :- २ रुपैयाँ
 
9 ) THE BEST  EDITOR  OF THE YEAR
 
a) छक्का पञ्जा २ :- विपीन मल्ल
b)  कृ:- सुरेन्द्र पौडेल
c)  प्रेमगीत २:- बनिश शाह,  भुपेन्द्र अधिकारी
d) शत्रुगते :- मीत्र डि गुरुङ (मंगलम)
e) मंगलम :- मीत्र डि गुरुङ
f) लिलिबिलि :- अर्जून जिसी
 
10) THE BEST BACKGROUND SCORE OF THE YEAR
 
a) तान्द्रो :- सुजिल कर्मचार्य
b)  लिलिबिलि :- एलिस कार्की
c) तिमीसँग :- साहास शाक्य
d) शत्रु गते :- सुजिल कर्मचार्य
e)  मंगलम:- एलिस कार्की
 
11) THE BEST  SCREENPLAY OF THE YEAR
 
a) पञ्चायत  :- शिवम अधिकारी
b)  छक्का पञ्जा :- दिपक राज गिरी
c)  २ रुपैया :- आशिफ शाह , आशिष शाह
d) तिमीसँग :- शिशिर राणा,शुशील क्षेत्री, सुमन उप्रेती, सागर ओझा
e)  शत्रुगते :- हरिवंश आचार्य,  प्रदिप भट्टराई, दिपकराज गिरी
f)  भूइँमान्छे :- नवराज बुढाथोकी
g)  मंगलम :- गोविन्द फुयाल, नवल नेपाल
 
12) TARADEVI THE BEST PLAYBACK SINGER (MALE) OF THE YEAR  
 
a) प्रताप दास :- मोटरसाईकलमा - प्रेम गीत २
b) सुगम पोखरेल :- तिमी रोएको पल - ऐश्वर्य
c) राजनराज शिवाकोटी:- चरी चट्ट परि - कान्छी
d) राजेश पायल राई :- उकालीमा जाँदा जाँदा - ए मेरो हजुर
e) सुगम पोखरेल :- भन्छु आज - म यस्तो गीत गाँउछु
f) कृष्ण काफ्ले :- पर्ख पर्ख मायालू - मंगलम
G)  राजनराज शिवाकोटी :- कुटुमा कुटु - २ रुपैयाँ
 
13) TARADEVI THE BEST PLAYBACK SINGER( FEMALE) OF THE YEAR
 
a) मेलिना राई  : –  कुटुमा कुटु :  २ रुपैयाँ
b)  मीना निरौला : –  रुपै मोहनी :  शत्रुगते 
c)  बिन्दु परियार :- पर्ख पर्ख मायालु : मंगलम
d) अन्जु पन्त :- तिमी रोएको पल : एैश्वर्य
e)  ईन्दीरा जोशी :- मोटरसाईकलमा : प्रेमगित २
f)  अन्जु पन्त :- भन्छु आज :  म यस्तो गीत गाँउछु
 
 14) THE BEST ACTION DIRECTOR OF THE YEAR
 
a) अष्ट महर्जन :- भूइँमान्छे
b)  हिमाल केसी :- पिंजडा व्याक अगेन
c) चन्द्र पन्त :- कृ
d) हिमाल केसी :- ऐश्वर्य
e) राजकुमार उप्रेती :- डायरी
f) रोशन श्रेष्ठ :- लाल्टिन
 
15) THE BEST CHOREOGRAPHER OF THE YEAR
 
a) प्रविण सिंह  :- पिरतीको बर्काे  : शत्रुगते
b)  कविराज गहतराज :- कुटुमा कुटु : २ रुपैयाँ
c)  रेनाशा राई :- यतियति  : कृ
d) रामजी लामीछाने :- राधे  : मलाई माफ गर प्रिया
e)  कविराज गहतराज :- मंगलम : पर्ख पर्ख मायालु
 
16) THE  BEST ON – SCREEN COUPLE OF THE YEAR
 
a) दीपिका प्रसाइँ र रमेश उप्रेती :- ऐश्वर्य
b) मेनुका प्रधान र बुद्धि तमाङ :- २ रुपैयाँ
c)  केकी अधिकारी र नाजिर हुसेन :- राज्जा रानी
d) प्रदिप खड्का र जसिता गुरुङ :- लिलिबिली
e) साम्राज्ञी राज्यलक्ष्मी शाह र नाजीर हुसेन:-  तिमीसँग
f)  पल शाह र आँचल शर्मा :-  शत्रुगते
g)  निखिल उप्रेती र सारा सिर्पाली :-  पिंजडा व्याक अगेन
 
17) THE BEST  MUSIC DIRECTOR OF THE YEAR
 
a) कल्याण सिंह : – कसम हो कसम : ए मेरो हजुर
b) अर्जुन पोखरेल : –  तिमी रोएको पल : ऐश्वर्य
c)  राजनराज शिवाकोटी : –  कुटुमा कुटु : २ रुपैयाँ
d)  दिपक शर्मा : – पर्ख पर्ख मायालु : मंगलम
e) अर्जुन पोखरेल : –  भन्छु आज : म यस्तो गित गाँउछु
f)  डिजराज पौडेल : – जिन्दगी : लाल्टिन
 
18) THE BEST  D.O.P OF THE YEAR
 
a) दिर्घ गुरुङ : शत्रुगते
b)  संञ्जय लामा  : ए मेरो हजुर
c) विदुर पाण्डे : भूइँमान्छे
d)  पुरुषोत्तम प्रधान : तान्द्रो
e) सुदिप बराल : लिलिबिली
f) हरी घले :  जालो
 
19­) THE BEST  ACTOR (FEMALE)   OF THE YEAR
 
a) साम्राज्ञी राज्यलक्ष्मी शाह :-  मंगलम, ए मेरो हजुर २, तिमीसँग
b)  निता ढुंगाना :-  पञ्चायत
c)  बेनिशा हमाल:-   ब्लाईण्ड रक्स
d) शिल्पा पोखरेल:-   मंगलम
e)  प्रियंका कार्की:-  छक्कापञ्जा
 
20) THE BEST ACTOR (MALE) OF THE YEAR
 
a) सरोज खनाल:-   पञ्चायत
b)  राज कटुवाल :-   लाल्टिन
c)  दयाहाङ राई :-   त्यान्द्रो
d)  अनमोल केसी:-   कृ
e)  प्रदिप खड्का :-  लिलिबिली
f) नाजिर हुसेन :-   तिमीसँग
g)  पुष्पल खड्का :-   मंगलम
 
21)THE LIFETIME ACHIEVEMENT AWARD
 
बरिष्ठ चलचित्र निर्देशक किशोर रानालाई
 
22) THE BEST  DIRECTOR OF THE YEAR
 
a) भूइँमान्छे :- नवराज बुढाथोकी
b)  छक्का पञ्जा २  :- दीपाश्री निरौला
c)  शत्रुगते :- प्रदिप भट्टराई
d) लिलिबिली :- मीलन चाम्स
e) मंगलम :- नवल नेपाल
f) पंचायत :- शिवम् अधिकारी
g)  तिमीसँग  :- शिशिर राणा
 
23) THE BEST FILM OF THE YEAR
 
a) छक्का पञ्जा २ :- आमा सरस्वती मुभिज
b) पञ्चायत   :- कलावती फिल्मस् प्राली
c) शत्रुगते  :- मह संचार
d) लिलिविलि :-  काफिया फिल्मस् र सुदिप खड्का प्रोसडक्सन
e) भुई मान्छे  :- शैली थियटर
f) मंगलम :-छविराज प्रोडक्सन
g) तिमीसँग  :- नमन प्रोडक्सन
Most Visited News (monthly)