Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनोज गजुरेलको ‘सयकडा दश’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/09/09
चर्चित हास्यकलाकार मनोज गजुरेलको डेब्यु फिल्म ‘सयकडा दश’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म माघ १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । 
 
 
रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्छ । गजुरेलसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको फिल्मलाई पाठकले लेखेका हुन् । 
 
‘फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ’ फिल्मबारे गजुरेलले भने । रंगमञ्च अभिनयले फिल्म करियरमा सजिलो भएको उनले उल्लेख गरे । 
 
अभिनेता राजाराम पौडेलले 'सयकडा दश' लाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट फिल्मको रुपमा व्याख्या गरे । ‘मैले करियरमा जति फिल्म खेलेँ, तीमध्येको उत्कृष्ट हो’ उनी सुनिए, ‘फिल्म हेरिसकेपछि दर्शकले मनभित्र जतन गरेर राख्नेछन् ।’
 
 
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सह-निर्माता हुन् । 
Most Visited News (monthly)