असोज ५ गतेलाई प्रदर्शन मिति तय गरिएको अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ को नयाँ गीत सार्वजनिक भएको छ । डान्सिङ नम्बरको 'आउने जाने...' गीतमा दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाको स्वर छ ।
.jpg)
लोकराज अधिकारीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको भिडियोमा आर्यन र सृष्टिसँगै कलाकार राजाराम पौडेललगायत फिचर्ड छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
गीत रिलिजसँगै निर्माण पक्षले कभर डान्स प्रतियोगिताको पनि घोषणा गरेको छ । एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको कभर डान्स असोज ५ गतेसम्म हुनेछ । नतिजा भने असोज ८ गते आउने निर्देशक तथा निर्माता सविर श्रेष्ठले बताए ।
फिल्मलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।
‘बाँध मायाले’ मा रविन्द्र प्रताप सेन र विशाल चाम्लिङलगायतको पनि अभिनय छ । यसै फिल्मबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।
गीत हेर्नुहोस् :-

