Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दैलो’ को आइटम गीतमा पवनको ठुम्का

फिल्मीखबर, काठमाण्डौ, 2018/09/07
कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘दैलो’ को आइटम गीत इन्टरनेट रिलिज भएको छ । ‘लाग्यो मलाई...’ बोलको गीतको भिडियोमा मोडल पवन पाठकले ठुम्का लगाएकी छन् । 
 
 
दुर्गा साउदको गायन रहेको गीतमा विमल भट्टराईको शब्द र लक्षु प्रकाश मल्लको संगीत सुन्न सकिन्छ । सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको फिल्ममा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । 
 
जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् । निर्देशक उप्रेतीले बनिरहेका फिल्मभन्दा ‘दैलो’ फरक रहेको बताए । 
 
उक्त फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)