Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वरुण भन्छन्, ‘सधैं चकलेटी ब्वाई बनेर बस्न सक्दिनँ’

एजेन्सी, मुम्बई, 2018/09/07
पछिल्लो ६ वर्षमा लगातार १० हिट फिल्मपछि अभिनेता वरुण धवन बलिउडका सबैभन्दा चाँडो सफलता चुम्ने अभिनेतामा गनिन्छन् । मसाला फिल्म होस् वा 'अक्टूबर' र 'बदलापुर' जस्ता फिल्म, उनले हरेक जनरालाई बीट गरेका छन् । 
 
वरुण चाँडै शरत कटारियाको फिल्म 'सुई धागा' बाट पर्दामा फर्किँदैछन् । उनका लागि यो अहिलेसम्मको सबैभन्दा अलग फिल्म हो । यसअघि उनले यो प्रकारको फिल्म गरेका थिएनन् । 
 
उनको यो फिल्मले इमोसनलसँगै 'स्ट्रङ्ग म्यासेज' पनि दिएको छ । 'मेक इन इन्डिया' कम्पनीबाट प्रेरित भएर बनाइएको फिल्मले आफैं आफ्नो काम सुरु गर्न प्रेरित गर्छ । 
 
 
कयौं एक्टर्स आफ्नो नै जनरामा अल्झिन मन पराउँछन् तर वरुण आफ्नो हरेक भूमिकासँग प्रयोग गर्न रुचाउँछन् । अहिलेसम्मको ट्रयाक रेकर्ड हेर्न हो भने उनले हरेक किसिमका फिल्म गरेका छन् । 
 
डीएनएसँग कुराकानी गर्दै वरुणले भनेका छन्, 'म नै त्यो व्यक्ति हुँ जसले वर्ष २०१५ मा 'बदलापुर' गरेँ । लहरको विपरित तैरनु मेरो डिएनएमा छ । सधैं म चकलेटी ब्वाई इमेजसँग टाँसिएर बस्न सक्दिनँ ।'  
 
वरुण धवन र अनुष्का शर्मा अहिले आफ्नो फिल्म 'सुई धागा : मेड इन इन्डिया' को प्रमोसनमा व्यस्त छन् । ग्रामीण पृष्ठभूमिसँग जोडिएको फिल्ममा अनु मल‍िकको सोलो संगीत छ । 
 
फिल्म २८ सेप्टेम्बरमा रिलिज हुँदैछ । यशराज फिल्म्सको 'सुई धागा' मा वरुण-अनुष्का पहिलो पटक सँगै देखिएका हुन् । दुई  उक्त फिल्ममा पति-पत्नी बनेका छन् । 
Most Visited News (monthly)