Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेम र गीत बक्सअफिसमा आमनेसामने

फिल्मीखबर, काठमाण्डौ, 2018/09/07
२०७२ माघ २९ गते अर्थात् प्रणय दिवसमा प्रदर्शनमा आएको थियो फिल्म ‘प्रेमगीत’ । यो फिल्मबाट दुई स्टार्स रातारात चम्किए । अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माका लागि उक्त फिल्म सञ्जीवनी बुटी साबित भएको थियो । 
 
गएको ३ वर्षमा बागमतीमा धेरै पानी बगिसकेको छ । ‘प्रेमगीत’ रिलिजपछि पूजा र प्रदीपको बोलचाल नै बन्द भयो । दुईबीच ‘पानी बाराबार’ भएको चर्चा चल्यो ।  कहिलेकाहिं अंकमाल गरेको पनि देखियो । 
 
तर, खाटो लागेको घाउ कहाँ देखावटी अंकमालले निको पार्‍यो र ! अन्ततः ३ वर्षपछि ‘प्रेमगीत’ का प्रेम र गीत बक्सअफिसमा आमनेसामने भएका छन् । दुर्लभ संयोग के छ भने दुबै स्टार्स फरक-फरक फिल्मका साथ हल पसेका छन् । 
 
फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि अभिनेता प्रदीप (प्रेम) को 'रोज' र अभिनेत्री पूजा (गीत) को 'रामकहानी' ले एकसाथ बक्सअफिसमा भिडन्त सुरु गरेका छन् । यी दुबै फिल्म यस वर्षका प्रतिक्षीत हुन् । 
 
 
'इगो' भावनाले दुई फिल्मको भिडन्त भएको धेरैको बुझाई छ । पछिल्लो समय प्रेम र गीतको युवापुस्तामा गजबको फ्यान फलोइंग छ । उनीहरुको नामकै कारण दर्शक हलसम्म पुग्छन् । 
 
'रामकहानी' र 'रोज' को महायुद्धलाई प्रदीप र पूजाको स्टारडम मापन हुने तराजुको रुपमा लिइएको छ । अब रिजल्ट कसको पक्षमा होला ? त्यसको भने धेरैलाई प्रतिक्षा छ । मल्टिप्लेक्समा शोजको हिसाबमा 'रामकहानी' भन्दा 'रोज' अगाडि छ । 
 
'सिंगल स्कृन' भने दुबै फिल्मले बराबरी पाएका छन् । गीतसंगीत र ट्रेलरसँगै बलियो प्रचार-प्रसारले दुबै फिल्मको राम्रो हाइप छ । यसले विजनेशमा चाहिँ कति प्रभाव पार्ला ? हेर्न बाँकी छ । दुबै फिल्मको इनिसियल व्यापार राम्रो हुने फिल्मी पण्डितहरुको आँकलन छ । 
 
सुदर्शन थापा निर्देशित फिल्म 'रामकहानी' लभस्टोरी-कमेडी जनराको फिल्म हो भने नीरक पौडेलको 'रोज' क्राइम-थ्रीलर फिल्म हो । 'रोज' मा प्रदीपसँगै परमिता आरएल राणा र मिरुना मगर लिड रोलमा छन् । 
 
'रामकहानी' मा पूजाको जोडी आकाश श्रेष्ठसँग बाँधिएको छ । देशका चर्चित हास्यकलाकारहरुको यसमा बाहुल्यता छ । केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रबिन्द्र झालगायतको प्रमुख भूमिका छ । 
Most Visited News (monthly)