Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ३’ गीतलाई करोड भ्यूअर्स, केक काटेर सेलिब्रेसन

फिल्मीखबर, काठमाण्डौ, 2018/09/06
निर्माता तथा निर्देशक दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ३’ को नाम ब्रान्डका रुपमा स्थापित भइसकेको छ । यसका लगालग दुई सिरिज सुपरहिट साबित भए भने गीतसंगीतले उस्तै बजार पिटे । 
 
 
पहिलो श्रृंखलादेखि यस फिल्मका हरेक गीतले रिलिज अगावै रेकर्ड बनाएका छन् । यस वर्षको दशैंमा प्रदर्शनमा आउन लागेको ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ ले पनि रिलिज अगावै सफलता चुमेको छ । 
 
यूट्युबमा अपलोड भएको ३६ दिनमा उक्त गीतमाथि करोड बढी दर्शकको नजर परेको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले करोडको केट काट्दै खुसीयाली मनाएको छ । 
 
गजबको संयोग के भयो भने गीतले करोड भ्यूज पाउनु र यसका संगीतकार दीपक शर्माको जन्मदिन एकैदिन परेको छ । निर्माण टिमले करोड भ्यूजको केकसँगै संगीतकार शर्माको जन्मदिन पनि एकसाथ मनाएको छ । निर्देशक दीपाश्रीले गीतले पाएको सफलताले हर्षित भएको बताइन् । 
 
निर्माता, कलाकार तथा लेखक दीपाकराज गिरीले गीतबाट पाएको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको बताउँदै फिल्म पनि उत्कृष्ट बनेको बताए । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको  ‘पहिलो नम्बरमा’ गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।
 
 
दीपकराज गिरी, केदार घिमिरे, संजोग कोइराला, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, स्वस्तिमा खड्का, बर्षा राउत र दीपाश्री निरौलालाई यो गीतको भिडियोमा हेर्न सकिन्छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । 
 
फिल्ममा दीपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको  ‘छक्का पञ्जा ३’ ले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)