Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

मल्टिस्टारर ‘जय भोले’ ट्रेलरमा कमेडी नै कमेडी (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/06
मल्टिस्टारर फिल्म ‘जय भोले’ को कमेडी संवादले भरिएको अफिसियल ट्रेलर लञ्च भएको छ । बिहीवार राजधानीको कुमारी हलमा एक इभेन्टका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा पत्रकारलाई देखाएपछि ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो ।
 
 
ट्रेलरमा प्रेम, द्वन्द्व, हाँसो, रोदन सबै कुरालाई समेट्ने प्रयास गरिएको छ । फिल्मको कथासारलाई ट्रेलरमार्फत् प्रस्ट्याईएको १२  वर्षपछि निर्देशनमा कमब्याक गरेका अशोक शर्माले बताए । फिल्मभित्रकै कुरा ट्रेलरमा रहेको उनको भनाई छ । 
 
अभिनेत्री स्वस्तिमा खड्कालाई पाउन तीन पुरुष पात्रको तछाडमछाडलाई ट्रेलरमा कमेडी शैलीमा देखाइएको छ । निर्माण टिमले फिल्मलाई 'मनोरञ्जनको फुल डोज' भनेको छ । 
 
दशैंको फूलपातीमा प्रदर्शनमा आउने प्रवल सम्भावना रहेको यस फिल्मको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा उनी प्रमुख भूमिकामा छन् । सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्मित ‘जय भोले’ को बजेट १ करोड ६० लाख बताइएको छ । निर्देशक शर्माको फिल्ममा निर्माण र अभिनय पनि छ । 
 
झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)