Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘रोज’ भर्सेस ‘रामकहानी’ : कसलाई कति हल र शोज ?

फिल्मीखबर, काठमाण्डौ, 2018/09/06
यस वर्षको सबैभन्दा ठूलो बक्सअफिस भिडन्त शुक्रवार हुँदैछ । 'प्रेमगीत' फेम्ड अभिनेता प्रदीप खड्काको 'रोज' र अभिनेत्री पूजा शर्माको 'रामकहानी' एकसाथ प्रदर्शनमा आउँदैछ । यो महासंग्रामलाई दुई अभिनेता-अभिनेत्रीको स्टारडम मापनको रुपमा पनि लिइएको छ । 
 
अब को कति पानीमा होला ? यसका लागि भने अझै केही दिन प्रतिक्षा गर्नै पर्ने हुन्छ । दुई ठूला फिल्म एकसाथ रिलिज हुन लाग्दा हल संख्या र मल्टिप्लेक्समा शोजलाई लिएर धेरैको चासो हुनसक्छ । 
 
दुवै फिल्मका वितरकले आफ्नो फिल्मले देशभरका सबै हलमा कब्जा जमाएको बताएका छन् । 'रामकहानी' वितरक सुनिल मानन्धरले देशभरका सय बढी हलमा फिल्म लाग्ने जानकारी दिए । उता वितरक गोविन्द शाही देशभरका ८० प्रतिशत हल 'रोज' को मुठीमा रहेको दाबी गर्छन् । 
 
वितरकको भनाई अनुसार, देशभर सञ्चालनमा रहेका १८३ वटा हलमा दुवै फिल्मले बराबरी 'सिंगल स्कृन' मा आफ्नो उपस्थिति जनाउँदैछन् । मल्टिप्लेक्समा भने शोज बाँडफाँडमा 'रामकहानी' भन्दा केही अगाडि 'रोज' देखिएको छ । 
 
 
सर्वाधिक सेयर प्राप्त हुने मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले 'रोज' लाई एडभान्स बुकिङमा काठमाडौंका आउलेटमा १५ शोज उपलब्ध गराएको छ । 'रामकहानी' भने २ शोजले तल छ । 
 
अभिनेता प्रदीपको लोभलाग्दो क्रेजलाई मध्यनजर गर्दै क्यूएफएक्सले 'रोज' लाई केही बढी शोज उपलब्ध गराएको खबर छ । यस्तै, क्यूज सिनेमाले दुवै फिल्मलाई ३/३ शोज बाँडेको छ । विएसआरमा 'रोज' लाई ५ शोज र 'रामकहानी' लाई ४ शोज छ । 
 
एफक्यूबले दुवै फिल्मलाई ४/४ शोज उपलब्ध गराउँदा विग मुभिजमा 'रोज' ले ६ शोज र 'रामकहानी' ले ४ शो पाएको छ । १ घण्टा ३० मिनेटको 'रोज' र २ घण्टा ४४ मिनेटको 'रामकहानी' दुवैले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएका छन् । 
 
नीरक पौडेल निर्देशित 'रोज' मा प्रदीपका अलावा परमिता आरएल राणा, मिरुना मगर र कर्मा शाक्य लिड रोलमा छन् । यो क्राइम/थ्रीलर जनराको फिल्म हो । यसमा प्रदीप अपराधीको भूमिकामा छन् । 
 
'रामकहानी' लाई लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल साबित गरेका सुदर्शन थापाले निर्देशन गरेका हुन् । पूजासँगै आकाश श्रेष्ठ, केदार धिमिरे, जितु नेपाल लगायतकोे अभिनय छ । 
Most Visited News (monthly)