Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मणिकर्णिका’ : सोनूका कारण रिसुट गर्न एक्स्ट्रा २० करोड खर्च

एजेन्सी, मुम्बई, 2018/09/06
बलिउड अभिनेत्री कंगना रनौतको प्रतिक्षीत फिल्म ‘मणिकर्णिका’ रिलिज अगाडि नै विवादमा तानिएको छ । यसको ताजा कारण सोनू सूद फिल्मबाट बाहिरिनु हो । उनले फिल्मको कयौं सिन सुट गरिसकेका थिए । 
 
अब उनले फिल्म छाडेपछि सम्पूर्ण सिन रिसुट गर्नु पर्ने भएको छ । मिड डेको रिपोर्ट अनुसार, रिसुटका लागि निर्माताको २० करोड एक्स्ट्रा खर्च हुने भएको छ । १० दिनको प्याचवर्क सुट अब ४५ दिनकोे बनेको छ । 
 
कयौं सिन फेरि दोहोर्‍याएर सुट गर्नु पर्नेछ । सुत्रका अनुसार, पहिलो स्क्रिनिङको क्रममा प्रोड्यूसर्सले राइटर केवी विजेन्द्र प्रसादको स्क्रिप्ट अनुसार फिल्म नबनेको पाएका थिए । जसकारण दोस्रो पटक रिसुट गर्नु परेको थियो ।  
 
 
प्रोड्यूसर्ससँग मिटिङपछि फेरि सुटिङका लागि २० करोड निकासा गरिएको छ । सोनू सूदले फिल्म छाडेपछि यतिबेला माहोल खुब गर्माएको छ । दुवै एक्टर्सको यस मुद्धामा बयान बाहिर आएको छ । 
 
केही दिन अगाडि कंगनाले एक अन्तर्वार्तामा भनेकी थिइन्, 'गएको वर्षको अन्त्यमा सुट गरेपछि म सोनू सूदसँग मिलेको छैन । उनी 'सिम्बा' फिल्मको सुटिङमा व्यस्त थिए । सोनू मेरो साथी हो र उसको आग्रहलाई स्विकार गर्दै मैले उसको फिल्मको म्यूजिक पनि लञ्च गरेको थिएँ, जुन उनी आफैंले निर्माण गरेका थिए ।' 
 
कंगनाले सोनूसँग फिल्मका लागि डेट्स नभएको र महिला निर्देशकसँग काम गर्न नचाहेको पनि बताएकी छन् । हालै सोनूले एक सेटमा दुई निर्देशकसँग काम गर्न नसक्ने भएर फिल्म छाडेको बताएका छन् । 
Most Visited News (monthly)