गीत र ट्रेलरमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनका कारण चर्को आलोचना भइरहेको फिल्म ‘कथा काठमाण्डू’ ले आफ्नो प्रचारलाई तिव्र बनाउँदै लगेको छ ।
संगीता श्रेष्ठ निर्देशित फिल्मको अब मोफसल प्रचारलाई अगाडि बढाइने भएको छ । भाद्र २२ बाट सुरु हुने मोफसल टुर अन्तर्गत इटहरी, धरान, दमक, हेटौंडा, नारायणगढ, बुटवल, दाङ र पोखरा लगायतका सहरमा दर्शकलाई फिल्मको बारेमा जानकारी गराइने निर्देशक श्रेष्ठले बताइन् ।
(1).jpg)
युनिट मोफसल टुर अन्तर्गत नै पथरी, धरान, चितवन र दाङ लगायतका स्थानको महोत्सवमा समेत सहभागी हुनेछ । काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्नभिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ ।
असोज १२ मा रिलिज हुने यस फिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ ।
‘कथा काठमाण्डू’ मा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।

