'नाईं नभन्नू ल ५' ले हिट फिल्मको खातामा आफ्नो नाम लेखाएसँगै भेट्रोन निर्देशक विकास राज आचार्यले छैटौं सिरिज निर्माण गर्ने घोषणा गरेका थिए । फिल्मीखबरसँगको कुराकानीको क्रममा उनले अर्को वर्ष 'नाईं नभन्नू ल ६' लिएर आउने बताएका थिए ।
अब अर्को वर्ष छैटौं सिरिज आउने सम्भावना टरेको छ । यसअघि उनले नयाँ टाइटलमा फिल्म बनाउने भएका छन् । 'हजार जुनी सम्म' नाम जुराइएको फिल्मको निर्माण यसै वर्ष हुँदैछ । अहिले निर्देशक आचार्य चकलेटी हिरोको खोजीमा छन् ।
.jpg)
उनले फिल्मका लागि आकर्षक जीउडाल, लुक्स र अभिनय राम्रो भएको नव-नायक चाहिएको बताए । सामिप्यराज तिमल्सिना र निर्देशक आचार्य अहिले स्क्रिप्टको फाइनल ड्राफमा काम गरिरहेका छन् ।
स्रोतका अनुसार, ‘हजार जुनी सम्म’ मा अभिनेत्री स्वस्तिमा खड्का लिड रोलमा हुने प्रवल सम्भावना छ । उनले फिल्मको वान लाइन स्टोरी सुनिसकेकी छिन् भने काम गर्न इच्छुक पनि देखिएकी छन् । अहिले फिल्ममा कुनै कलाकार फाइनल भएका छैनन् ।
'नाईं नभन्नू ल' का हरेक सिरिजमा निर्देशक विकास राज आचार्यले बाल कलाकार अनुभव रेग्मीलाई छुटाएका छैनन् । यो प्रोजेक्टमा भने उनी नहुने भएका छन् । अनुभवकी आमा कविता निर्माता रहने उक्त फिल्म लभस्टोरी जनरामा निर्माण हुनेछ ।

