Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जितु ‘प्रबल जनसेवा श्री’ पदकबाट विभुषित

फिल्मीखबर, काठमाण्डौ, 2018/09/05
चर्चित हास्यकलाकार जितु नेपाल 'प्रबल जनसेवा श्री' पदकबाट विभुषित भएका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक प्रदान गरी विभुषित गरिन् । 
 
 
'प्रबल जनसेवा श्री' पदकबाट सम्मानित भएपछि जितुले फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो नाम सिफारिस गर्नेदेखि परिवार/शुभचिन्तक सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनलाई अहिले सामाजिक सञ्जालमा बधाईको आहिरो लागेको छ । 
 
राष्ट्रको गौरव एवं नेपाली जनताको हितका अभिवृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै उनी विभूषित भएका हुन् । गणतन्त्र दिवसको अवसरमा गत वर्ष राष्ट्रपतिबाट मानपदवीहरूको घोषणा गरिएको थियो ।
 
 
'जिरे खुर्सानी' मा मुन्द्रेको चरित्र निर्वाहा गरेपछि रातारात चर्चामा आएका जितु पछिल्लो समय 'छक्का पञ्जा' सिरिजमा आबद्ध छन् । यसमा उनी निर्माता र कलाकारको रुपमा छन् । उनी अभिनीत नयाँ फिल्म 'रामकहानी' यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । 
Most Visited News (monthly)