Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

किन कमेडी फिल्म रिजेक्ट गर्दैछन् प्रदीप ?

फिल्मीखबर, काठमाण्डौ, 2018/09/05
युवापुस्तामा अभिनेता प्रदीप खड्काको क्रेज लोभलाग्दो छ । 'प्रेमगीत' हुँदै 'लिलिबिली' सम्म आइपुग्दा उनी आफ्नो चकलेटी फेसबाट लाखौं प्रशंसकका ढुकढुकी बनेका छन् । अभिनयका 'दिवाना' पनि कम छैनन् । 
 
युवतीहरुमा उनको क्रेज बढी देखिन्छ । यसलाई क्यास गर्न दर्जनौ निर्माता/निर्देशकहरु प्रदीपलाई फिल्ममा लिन लाइन लागेर बसेका छन् । एक फिल्मको ३० लाख बढी बुझ्ने उनले हालै ५० लाख पारिश्रमिकमा नयाँ फिल्म साइन गरेको चर्चा छ ।  
 
तर, किन लभस्टोरी फिल्ममा मात्र रुमलिरहेका छन् उनी ? अन्य जनरा किन एलर्जी ? 'लिलिबिली' रिलिजको बखत उनले भनेका थिए, 'अहिले मलाई दर्शकले जुन जनराका फिल्ममा रुचाइरहनु भएको छ, त्यही गर्दा राम्रो हुन्छ । ट्रयाक चेञ्ज गर्दा पचाउन गाह्रो हुनसक्छ ।' 
 
यो कुराबाट उनी अझै केही वर्ष लभस्टोरी फिल्ममै रमाउने मूडमा छन् । भाद्र २२ गते रिलिज हुने फिल्म 'रोज' क्राइम लभस्टोरी जनराको फिल्म हो । यसपछि उनी फिल्म 'लभ स्टेशन' गर्दैछन् । यो फिल्म त पूर्ण लभस्टोरी नै भयो । 
 
 
उनले हातमा आएका अन्य जनराका फिल्म धेरै छाडिसकेका छन् । ताजा उदाहरण 'ए मेरो हजुर २', 'छक्का पञ्जा २' र हालै 'दाल भात तरकारी' हो । तीनमध्ये दुई फिल्म कमेडी जनराका हुन् । यस्तै, उनको हातमा यतिबेला हास्यकलाकार 'धुर्मुस-सुन्तली' ले निर्माण गर्ने कमेडी फिल्म ‘एन्टीभाइरस’ पनि छ । 
 
महजोडीको फिल्म 'दाल भात तरकारी' छाडेका उनले 'धुर्मुस-सुन्तली' को फिल्म पनि नगर्ने मनस्थितिमा छन् । यसको पछाडि एउटै कारण छ, फिल्म हिट हुन्छ तर आफू फ्लप । 'शत्रु गते' हिट भएर पनि अभिनेता पल शाहलाई रत्ति फाइदा नभएको उनले विर्सिएका छैनन् । 
 
अभिनेता खड्का तत्काल हुलमुलका र कमेडी फिल्म नगर्ने सोचमा छन् । सोलो हिरो भएर उनी लभस्टोरी फिल्ममा नै राज गर्न चाहन्छन् । अब उनले 'धुर्मुस-सुन्तली' को फिल्म रिजेक्ट गर्छन् वा एसेप्ट ? यो हेर्न बाँकी छ । 
 
पछिल्ला फिल्ममा अभिनय शैली एउटै भएको आरोप खेपिरहेका उनलाई प्रशंसकहरुले समेत फरक जनरा रोज्न आग्रह गरिरहेका छन् । कलाकार भएपछि भर्सटायल हुनसक्नु पर्छ । हिरोइनकै वरिपरि घुम्ने क्यारेक्टरले मात्र भविष्यको बाटो सुरक्षित नहुन सक्छ । 
अभिनेता प्रदीप खड्का आम मानिसमाझ अझै पनि परिचित छैनन् । युवापुस्ताको एक घेरामा मात्र उनी सीमित छन् । हरेक वर्गका दर्शकमाझ पुग्न उनले आफूलाई परिमार्जित गर्दै लैजान अत्यन्त आवश्यक छ । 
Most Visited News (monthly)