Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘किरिक पार्टी’ को रिमेकमा कार्तिक र ज्याकलीनको जोडी

एजेन्सी, मुम्बई, 2018/09/05
 
एक्सन-थ्रीलर फिल्म 'रेस ३' मा सलमान खानसँग देखिएकी अभिनेत्री ज्याकलीन फर्नान्डिज अब चाँडै कन्नडको हिट फिल्म ‘किरिक पार्टी’ को हिन्दी रिमेकमा देखिने भएकी छिन् । 
 
यो फिल्ममा ज्याकलीनसँग कार्तिक आर्यन स्क्रिनमा पहिलो पटक देखिनेछन् । उक्त फिल्मलाई राष्ट्रिय पुरस्कार विजेता अभिषेक ज्यानले निर्देशन गर्दैछन् । 
 
यसलाई धीरज वाधवान, अजय कपूर, र वृतिकाले संयूक्त रुपमा निर्माण गर्नेछन् । ‘किरिक पार्टी’ एक कन्नड फिल्म हो । निखिल सिध्दार्थ र सिमरन पनीजाको यसमा प्रमुख भूमिका छ । 
 
ट्रेड एनलिस्‍ट तरण आदर्शले ‘किरिक पार्टी’ को हिन्दी रिमेकको जानकारी ट्विटमार्फत् दिएका छन् । कार्तिकको पछिल्लो रिलिज फिल्म 'सोनू के टीटू की स्‍वीटी' बक्सअफिसमा हिट साबित भएको थियो । 
Most Visited News (monthly)