Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘ब्याचलर बन्टी’ मा अनमोलले उकुसासँग रोमान्स गर्दै

फिल्मीखबर, काठमाण्डौ, 2018/09/04
हरेक फिल्ममा नयाँ हिरोइनसँग रोमान्स गर्दै आइरहेका सुपरस्टार अनमोल केसीको आठौं प्रोजेक्ट ‘ब्याचलर बन्टी’ का लागि लिड हिरोइन फाइनल गरिएको छ । उनको फेरि एकपटक नयाँ हिरोइनसँग जोडी बाँधिने भएको छ । 
 
 
फिल्ममा अनमोलको अपोजिटमा नव-अभिनेत्री उकुसा गिरी अनुबन्ध भएकी छन् । मिस एसिया नेपाल (बेस्ट पसर्नालिटी), मिस एसिया (मिस ब्युटीफूल आइज), मिस एसिया २०१७ की विजेता समेत रहेकी उनले यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । 
 
 
हालै उकुसा र निर्माता सुदिप खड्कावीच औपचारिक सम्झौता भएको छ । दशैंपछि छायांकन सुरु हुने ‘ब्याचलर बन्टी’ लाई मिलन चाम्ले निर्देशन गर्दैछन् । कमेडी/लभस्टोरी जानरामा निर्माण हुने फिल्ममा अनमोल बनिष तिमल्सेना उर्फ 'बन्टी' को भूमिकामा देखिनेछन् । 
 
 
फिल्मको सम्पूर्ण छायांकन यूरोपमा हुने निर्देशक चाम्सले बताए । महंगो लागतमा निर्माण हुन लागेको फिल्मको प्रदर्शन मिति फागुन १७ गतेलाई तोकिएको छ । अनमोलले 'ए मेरो हजुर ३' पछि यो फिल्मको सुटिङ ज्वाइन गर्ने बताइएको छ । 
Most Visited News (monthly)