Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेड्रिनाको आँखा र मनमा अनुभव (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/04
यस वर्षको पहिलो हिट फिल्म ‘नाइँ नभन्नू ल-५’ को नयाँ गीत सार्वजनिक भएको छ । दोस्रो सातामा प्रदर्शनरत फिल्मको ‘यी आँखामा तिमी...’ बोलको गीत निर्माण टिमले सार्वजनिक भएको हो । 
 
 
यो 'नाईं नभन्नू ल २' को सुपरहिट गीत हो, जसमा बाल कलाकार अनुभव र सुज्ञानी भट्टराई फिचर्ड थिए । सो गीत पुनः 'नाईं नभन्नू ल' को पाँचौ सिरिजमा राखिएको छ । भिडियोमा अनुभव र सेड्रिना शर्मा प्रस्तुत छन् । 
 
बसन्त सापकोटाको संगीत रहेको गीतमा मेलिना राईले स्वर दिएकी छिन् भने शब्द कृष्ण हरी बरालले लेखेका छन् । यसअघि यो गीतमा प्रेम परियारको स्वर थियो । 
 
चार्टबीटमा लामो समयसम्म छाएको ‘यी आँखामा तिमी...’ गीत पुनः फिल्ममा राख्नुको पछाडि सुज्ञानीको ठाउँमा सेड्रिनाले आफूलाई कल्पना गर्ने हुँदा उक्त गीत राखिएको स्क्रिप्ट राईटर सामिप्यराज तिमल्सिनाले बताए । 
 
विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नू ल-५’ ले प्रदर्शनको एक हप्तामा ३ करोड ७० लाखको कलेक्सन गर्दै वर्षकै पहिलो हिट फिल्ममा आफ्ना नाम लेखाएको छ । उक्त फिल्मले बाल कलाकार सेड्रिनालाई स्टार बनाएको छ । 
 
अहिले उनकोे कामको सर्वत्र चर्चा भइरहेको छ । अभिषेक नेपाल, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दीलिप रायमाझीलगायतका कलाकारहरुको यस फिल्ममा अभिनय छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)