Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२१ वर्षपछि सञ्जयसँग माधुरीले सुट गरिन् सिन

एजेन्सी, मुम्बई, 2018/09/04
अभिनेत्री माधुरी दीक्ष‍ित र अभिनेता सञ्जय दत्त २१ वर्षपछि एकसाथ करण जोहरको फिल्म 'कलंक' मा देखिँदैछन् । फिल्ममा पूर्व रियल प्रेम-प्रेमिकाले सँगै काम गर्ने भएपनि एकसाथ 'स्कृन' शेयर नगर्ने केही दिनयता चर्चा थियो । 
 
यो कुराले दुवैका फ्यान निराश भएका थिए । यस्तैमा दुई स्टार्सले एकसाथ कयौं सिन सुट गरेको खबर बाहिरिएको छ । पिंकविलाको रिपोर्ट अनुसार, अभिनेता-अभिनेत्रीले फिल्मका लागि एकसाथ सिन सुट गरेका छन् । 
 
 
यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी भने प्राप्त भएको छैन । केही दिन अगाडि सञ्जयसँग लामो समयपछि फिल्म गर्दा कस्तो अनुभव रह्यो ? भन्दै माधुरीलाई प्रश्न गरिएको थियो । उनले सिधा बोल्न हिचकिचाउँदै भनिन्, 'कलंक' मा सञ्जयका अलावा वरुण धवन र आलिया भट्ट पनि छन् ।' 
 
खबरअनुसार, माधुरीले सञ्जयसँग सिन नहुने शर्तमा मात्र करणको फिल्म गर्न राजी भएकी थिइन् । सञ्जयको जीवनमा माधुरीको महत्वपूर्ण भूमिका छ तर, यी दुईले कहिल्यै यस विषयमा कुनै अफिसियल कमेन्ट गरेनन् । 
 
हालै प्रदर्शनमा आएको सञ्जयको बायोपिक 'सञ्जू' मा पनि माधुरीसँग जोडिएको एक सिन थियो, तर माधुरीले र‍िक्वेस्ट गरेपछि त्यसलाई हटाइएको थियो । सञ्जय-माधुरीबीच लामो समयसम्म अफेयर रहेको थियो । 
Most Visited News (monthly)