Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘द म्यान फ्रम काठमाण्डू’ मा आनाको बोल्ड सिन (ट्रेलर)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/04
'जेरी' फेम्ड अभिनेत्री आना शर्मा स्टारर फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमा निर्मित यो पहिलो अंग्रेजी फिल्म हो । 
 
अमेरिका र नेपालमा खिचिएको फिल्मको ट्रेलरमा अभिनेत्री आनाले बोल्ड सिन दिएकी छन् । तर, यसलाई विशेष 'स्पेश' भने दिइएको छैन । 
 
 
यस्तै, थिम पोतिएको पोस्टरमा फिल्मका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका नकिम उद्दिन यस फिल्मका निर्माता हुन् । 
 
नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको निर्माताको कथन छ । पेमा धोन्डुप निर्देशक हुन् । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । 
 
निर्देशक धोन्डुपले भने, ‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो’ धोन्डुपले भने । 
 
फिल्ममा आनासँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । 
 
ट्रेलर हेर्नुहोस् :-

 
कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी छ । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । 
Most Visited News (monthly)