Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(18 votes, avg 4.83/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ३’ मा अनमोलको फ्यान सुहाना (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2018/09/03
सुपरस्टार अनमोल केसी चाँडै सातौं प्रोजेक्ट ‘ए मेरो हजुर ३’ मा व्यस्त हुँदैछन् । केही दिनमा नै उनले वर्कशप ज्वाइन गर्दैछन् । यो फिल्ममा उनको अपोजिटमा अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापा छिन् । 
 
 
शनिवार उक्त फिल्मको पोखरामा मुहूर्त गरियो । अनमोल आफ्नो सांगीतिक कन्सर्ट 'अनमोल इभ' का लागि पोखरा पुगेको मौका छोप्दै फिल्मको मुहूर्त गरिएको थियो । शुभ साइतसँगै सो कन्सर्टमा फिल्मका लागि केही महत्वपूर्ण सिन पनि खिचिएको छ । 
 
 
कन्सर्टमा फिल्मको सुटिङ भइरहेको निकै कमलाई थाहा थियो । ५ हजार बढी दर्शक अनमोललाई हेर्न उपस्थित भएका थिए । स्टेज पछाडि मनिटरमा छोरी सुहाना र अनमोलको 'एक्सप्रेसन' हेर्न निर्देशक झरना व्यस्त थिइन् । 
 
 
छायाँकार सञ्जय लामाले 'अनमोल अनमोल' भन्दै फ्यानले हुटिङ गरेको माहोल खिचिरहेका थिए । हजारौं क्राउडको सबैभन्दा अगाडि सुहाना थिइन् । हातमा कालो रंगको ज्याकेट बोकेकी उनको छेउमा केही युवतीहरुले अनमोलको तश्बिर अंकित प्ले कार्ड लिएर चिच्याइरहेका थिए । 
 
 
यसअघि अनमोलको बुटवलमा पनि कन्सर्टमा भएको थियो । उनले पोखरामा भने 'पशुपतिको जात्रा सिद्राको व्यापार' एकैपटक गरे । ‘ए मेरो हजुर ३’ मा आफ्नो भागको सिनका लागि पोखरा कन्सर्टमा उनी सर्लक्क कोरिएको कपाल, आकर्षक मेकअप र स्टाइलिस पहिरनमा स्टेज चढेका थिए । 
 
 
सुहानाले उक्त फिल्ममा अनमोलको फ्यानको भूमिका निर्वाहा गरेकी छन् । एक चर्चित गायक र एक युवती फ्यानको प्रेमकथा फिल्मले वाचन गर्ने बताइएको छ । फिल्ममा अनमोल ‘प्रेम’ को भूमिकामा छन् । 
 
अभिनेत्री बन्न लागेकी सुहानाको हातमा रहेको कालो ज्याकेटको पछाडि ‘प्रेम’ लेखिएको थियो । अनमोलले कन्सर्टमा आफ्नो प्रस्तुति दिँदै गर्दा उनले ज्याकेट उचाल्दै आफ्नो मनपर्ने स्टारप्रति प्रेम दर्शाएकी थिइन् । 
 
 
अभिनेत्री झरना थापाको दोस्रो निर्देशनमा बन्न लागेको ‘ए मेरो हजुर ३’ लाई उनका श्रीमान तथा निर्माता सुनिल कुमार थापाले निर्माण गर्देछन् । असोज पहिलो साताबाट औपचारिक रुपमा फिल्मको छायांकन सुरु हुँदैछ भने प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ । 
Most Visited News (monthly)