Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रतापलाई हिरो बन्ने इच्छा

फिल्मीखबर, काठमाण्डौ, 2018/09/03
नेपाली गायन रियालिटी शो नेपाल आईडल पहिलो सिजनका सेकेण्ड रनरअप प्रताप दास अचेल देशविदेशका कार्यक्रममा भ्याईनभ्याई छन् । गीत रेकर्डिङमा समेत उतिक्कै व्यस्त उनी अहिले भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'रोज' को प्रमोसनल टुरमा छन् । 
 
 
अभिनेता प्रदीप खड्काका फेभरेट गायक समेत रहेका उनले 'प्रेमगीत २' को 'मोटरसाइकलमा', 'लिलिबिली' को 'इट इज लभ' र 'रोज' को 'फूल हैन' गीतमा आवाज भरिसकेका छन् । उनले अहिलेसम्म प्रदीपका फिल्मका गीतमा मात्र स्वर भरेका छन् । 
 
प्रदीप मनपर्ने अभिनेता बताउने प्रतापको लोभलाग्दो क्रेजलाई मध्यनजर गर्दै 'रोज' टिमले प्रमोसनल टुरमा उनलाई अभिन्न अंग बनाएर हिँडिएको छ । पोखराबाट सुरु भएको प्रमोसनल टुर बुटवल, चितवन हुँदै आइतबार इटहरी र धरानमा सम्पन्न भएको छ । 
 
इटहरीमा कन्सर्ट सुरु हुनु अघि गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रतापले आफ्नो स्वरमा रहेको गीतको बिषयमा जानकारी दिए । त्यसैबिच सञ्चारकर्मीले ‘फिल्ममा स्वर मात्र कि अभिनय पनि ?’ भन्दै प्रतापलाई प्रश्न गरे । 
 
उनले झट्टै उत्तर दिन सकेनन् । छेवैमा रहेका अभिनेता प्रदीपतर्फ पुलुक्क हेरे र मुसुक्क हाँस्दै भने, ‘सुटिङ भएको थियो तर मेरो सिनमात्र काटियो’ । उनले फिल्ममा आफ्नो अभिनय नरहेको स्पष्ट पारे । प्रतापले फिल्ममा अभिनय गर्ने इच्छा भने रहेको बताए । 
 
 
'राम्रो फिल्मबाट अफर आए गर्छु । सानैदेखि फिल्ममा काम गर्ने इच्छा थियो', उनले भने । यो कुराले धेरै निर्माता/निर्देशकका लागि उनलाई फिल्म अफर गर्न सहज भएको छ । उनको गजबको क्रेजलाई क्यास गर्न अब फिल्मको लर्को लाग्ने पक्का छ । 
Most Visited News (monthly)