फिल्ममेकर्स आदित्य चोपडाले २००५ को हिट फिल्म ‘बन्टी-बबली’ को सिक्वेल बनाउने तयारी गरेपनि उत्कृष्ट पटकथा नभेटेकाले केही समयका लागि फिल्मको काम पोस्टपोन्ड गरेका थिए ।
हालै बाहिर आएको खबरअनुसार, अहिले यस फिल्मको सिक्वेलको काम भइरहेको छ । तर, अभिनेता अभिषेक बच्चनले यसका लागि आफूसँग कसैले पनि सम्पर्क नगरेको बताएका छन् ।

‘बन्टी-बबली’ मा बच्चन र अभिनेत्री रानी मुखर्जीको प्रमुख भूमिका थियो । यो जोडीलाई अन्तिम पटक यही फिल्ममा देखिएको थियो । दुईको जोडी अनस्क्रिनमा हिट रहेको थियो ।
‘बन्टी-बबली’ लाई विशेष फिल्म बताउँदै अभिषेक भन्छन्, '२००५ मा फिल्म रिलिजपछि निर्माता आदित्य चोपडा यसको सिक्वेल बनाउन इच्छुक थिए र उत्कृष्ट कथा भेटिएन ।' उनले फिल्मको सिक्वेलको बारे आफूलाई कुनै जानकारी प्राप्त नभएको बताए ।
शाद अली निर्देशित ‘बन्टी-बबली’ यशराज ब्यानरको सुपरहिट फिल्म मध्येको एक हो । यो फिल्मको गीत 'कजरारे...' चार्टबीटमा लामो समयसम्म छाएको थियो ।

