Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रामकहानी’ ले आकाशको कहानी बदल्ला ?

फिल्मीखबर, काठमाण्डौ, 2018/09/02
'म त तिम्रै हुँ' बाट नेपाली रजतपटमा पाइला राखेका अभिनेता आकाश श्रेष्ठको फिल्मी यात्रा सोचेजसरी अगाडि बढ्न सकेको छैन । हातमा फिल्म नटुटेपनि कुनै सफल छैनन् । डेब्यु फिल्मपछि उनका दुई फिल्म प्रदर्शनमा आए । 
 
फिल्म 'तिमीसँग' मा अहिलेकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधियो । हालै प्रदर्शनमा आएको फिल्म 'ब्ल्याक' मा उनको अपोजिटमा अभिनेत्री आँचल शर्मा थिइन् । तर, दुर्भाग्य ! दुवै फिल्म बक्सअफिसमा डुबे । 
 
फ्लप फिल्ममा ह्याट्रिक मारेका आकाशको अहिलेसम्म अभिनयको समेत वाहवाही भएको छैन । 'डाइलग डेलिभरी' मा कमजोर रहेको आलोचना खेपिरहेका उनको अब नयाँ फिल्म ‘रामकहानी’ प्रदर्शनमा आउँदैछ । 
 
 
तेस्रो फिल्म रिलिजको एक महिना पनि नवित्दै उक्त फिल्म भाद्र २२ गतेबाट हलमा लाग्दैछ । लगातार फ्लप फिल्मको छायाँले पछ्याइरहँदा उनलाई ‘रामकहानी’ ले आफ्नो कहानी बदल्ने विश्वास छ । 
 
सुदर्शन थापा निर्देशित फिल्ममा अभिनेत्री पूर्जा शर्मादेखि चर्चित हास्यकलाकार केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेललगायत प्रमुख भूमिकामा छन् । 
 
गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको उक्त फिल्मले घरेलू बजारमा सुखद नतिजा ल्याउने फिल्मी पण्डितहरुको आँकलन छ । फिल्ममा आकाशको जोडी पूजासँग बाँधिएको छ । 
 
‘रामकहानी’ को कहानी नै उनको वरिपरि घुमेका कारण यो फिल्मको सफलताले उनलाई ठूलो फाइदा हुने देखिन्छ । उनले आफ्नो अभिनयमा भने कति सुधार ल्याए ? यसले पनि उनको आगामी भविष्यको निर्धारण गर्नेछ । 
Most Visited News (monthly)