Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा ‘स्त्री’ को शानदार कमाई

एजेन्सी, मुम्बई, 2018/09/02
बलिउड एक्टर राजकुमार राव र एक्ट्रेस श्रद्धा कपूरको फिल्म ‘स्त्री’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । कुनै विशेष दिन विना नै रिलिज भएको यो लो बजेटको फिल्मले यतिबेला सिनेमा घरमा शानदार कलेक्सन गरिरहेको छ । 
 
 
पहिलो दिन ६.८२ करोडको कमाई गरेको फिल्मले दोस्रो दिन जबर्जस्त कलेक्सन गरेको छ । दोस्रो दिन फिल्मले १०.८७ करोडको कमाई गरेको छ । दुई दिनमा १७ करोड ६९ लाखको कमाई गरेको फिल्मले तीन दिने विकेन्डमा ३० करोडको आँकडा छुने अनुमान गरिएको छ । 
 
हरर कमेडीको उत्कृष्ट कथा, शानदार स्टार कास्ट र दर्शकबाट मिलेको बलियो वर्ड अफ माउथका कारण फिल्मको विजनेशमा ठूलो उप्रभाव परेको छ । फिल्म ट्रेड एक्सपर्ट तरुण आदर्शले शनिवार ट्विट गर्दै ‘स्त्री’ ले रफ्तार पकडेको बताएका छन् । 
 
उनले लेखेका छन्, 'उत्कृष्ट अभिनयका कारण लो बजेटको यो फिल्मलाई ठूलो सफलता मिल्दै गएको छ ।' फिल्ममा अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बर्नजीको पनि महत्वपूर्ण भूमिका छ । 
 
फिल्मको कहानी 
 
‘स्त्री’ को कथा चन्देरी सहरको हो । जहाँ हरेक घरको बाहिर लेखिएको छ, 'ओ स्त्री कल आना ।' हरेक वर्ष चार दिन देवीको पूजा हुन्छ र त्यही दौरान स्त्रीको भूत आउँछ र पुरुषलाई साथमा लिएर जान्छ । 
 
यही कारण गाउँका पुरुष साँझको समयमा घरबाट बाहिर निस्कन डराउँछन् । चन्देरीमा विक्की (राजकुमार राव) दर्जी हुन्, जो निकै ट्यालेन्टेड छन् । उनलाई चन्देरीका मनीष मल्होत्रा भन्ने गरिन्छ । 
 
विक्कीलाई यस्तो युवती (श्रद्धा कपूर) सँग प्रेम हुन्छ, जो हरेक वर्ष मात्र पूजाको समयमा आउँछिन् । यो गाउँबाट स्त्रीको साया हट्छ वा हट्दैन ? र, विक्कीसँग के हुन्छ ? यो जान्नका लागि भने तपाईले एकपटक फिल्म हेर्ने पर्ने हुन्छ । 
Most Visited News (monthly)