Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

कति कमायो एक हप्तामा ‘नाइँ नभन्नू ल-५’ ले ?

फिल्मीखबर, काठमाण्डौ, 2018/09/01
प्रदर्शन अगावै चर्चामा रहेको बालप्रेम कथामा निर्मित फिल्म ‘नाइँ नभन्नू ल-५’ ले यतिबेला घरेलू बजारमा जबर्जस्त कलेक्सन गरिरहेको छ । शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको यस फिल्मको एक हप्ते बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ । 
 
वितरक सुनिल कुमार मानन्धरले फिल्मले प्रदर्शनको एक हप्ता अर्थात् बिहीवारसम्ममा देशभरबाट कूल ३ करोड ७० लाखको व्यापार गर्न सफल भएको बताएका छन् । उनी यो कलेक्सन रिपोर्टलाई यस वर्ष प्रदर्शनमा आएका फिल्ममध्येकै उच्च बताउँछन् । 
प्रदर्शनको तीन दिनमा २ करोड २२ लाखको कमाई गरेको फिल्मले पहिलो हप्तामै निर्माण लागत उठाउँदै वर्षको पहिलो हिट फिल्मको सूचीमा आफ्नो नाम लेखाउन सफल भएको छ । दोस्रो हप्ताबाट फिल्म नाफाको बाटोमा दौडिएको छ ।  
 
 
'प्रायः दोस्रो हप्ताबाट फिल्मको शेयर घट्न थाल्छ । तर, ‘नाइँ नभन्नू ल-५’ को दोस्रो हप्तामा पनि शेयर घटेको छैन । दिनहुँ बढ्दै गएको छ । मैले वितरण गरेका फिल्महरुमा यो निकै कम भएको छ', उनले फिल्मीखबरसँग कुराकानी गर्दै भने ।  उनका अनुसार, हलमा फिल्म हेर्ने दर्शकको संख्यामा दिनप्रतिदिन वृद्धि भइरहेको छ । 
 
दर्शकको बलियो वर्ड अफ माउथका कारण दोस्रो हप्तामा पनि फिल्मको कलेक्सनमा ठूलो गिरावट नआएको उनको तर्क छ । वितरक मानन्धरले दोस्रो हप्ताको शुक्रवार फिल्मको व्यापार औसत रहेपनि शनिवार देशभरका हलमा हाउसफुल कारोबार भएको जानकारी दिए । 
 
फिल्म हेर्ने दर्शक मल्टिप्लेक्सभन्दा सिंगल थिएटरमा ज्यादा छन् । यो कुरा वितरक मानन्धर पनि स्विकार गर्छन् । उनी भन्छन्, 'मल्टिप्लेक्समा हाम्रो व्यापार ६० प्रतिशतको आसपास छ । सिंगल स्कृनको व्यापारलाई त शतप्रतिशत भन्न मिल्छ ।' 
 
‘नाइँ नभन्नू ल-५’ हेर्ने अधिकांशले लोकेशन, छायांकन, कलाकारको अभिनयलाई मुक्तकण्ठले प्रशंसा गरेका छन् । फिल्मकी मेरुदण्ड बाल कलाकार सेड्रिना शर्माको कामको अहिले सर्वत्र तारिफ भइरहेको छ । उक्त फिल्मका निर्देशक विकासराज आचार्य हुन् । 
 
अनुभव रेग्मी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दीलिप रायमाझीलगायतका कलाकारहरुको अभिनय रहेको यस फिल्मबाट अभिषेक नेपालले अभिनेतामा डेब्यु गरेका छन् । पुरुषोत्तम प्रधान फिल्मका छायाँकार हुन् ।
Most Visited News (monthly)