Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.80/5.00)
Text size:-
+
-

पोखरामा अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ मुहूर्त

फिल्मीखबर, काठमाडौं, 2018/09/01
सुपरस्टार अनमोल केसीले अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापासँग 'स्कृन' साझेदारी गर्न लागेको फिल्म 'ए मेरो हजुर ३' को मुहूर्त भएको छ । शनिवार दिउँसो साढे ३ बजे पोखराको विन्दावासिनी मन्दिरमा फिल्मको शुभ साइत गरिएको हो । 
 
 
झरनाले दोस्रो पटक 'एक्सन-कट' गर्ने फिल्मको मुहूर्त समारोहमा अनमोल र सुहाना दुवै उपस्थित थिए । उनीहरुले मुहूर्त सट पनि दिए । सुनिल कुमार थापाको निर्माणमा बन्न लागेको यो फिल्मको छायांकन केही हप्तामा सुरु हुने निर्देशक थापाले जानकारी दिइन् । 
 
 
सुहाना डेब्यु फिल्मलाई लिएर उत्साहित देखिएकी छन् । अनमोलले पहिलो पटक स्टार किड्ससँग काम गर्न पाउँदा खुसी लागेको बताए । 'ए मेरो हजुर ३' को फ्लोरमा निस्कनु अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । चैत २९ गते फिल्म रिलिज हुँदैछ । 
 
 
आफ्नो छैटौं प्रोजेक्ट 'क्याप्टेन' को छायांकन सकिएका कारण अब अनमोल खाली छन् । यही बीचमा फिल्मको सुटिङ सुरु गर्ने निर्माण टिमको तयारी छ । अबको केही दिनमा अनमोल र सुहानाले वर्कशप ज्वाइन गर्नेछन् । 
 
 
रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने उक्त फिल्म सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड भइसकेको छ । गएको वर्ष प्रदर्शनमा आएको यो फिल्मको दोस्रो सिरिजमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता सलिनमान बनियाँ लिड रोलमा थिए । 
Most Visited News (monthly)