Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीको नयाँ हिरोमा सबैको नजर

फिल्मीखबर, काठमाण्डौ, 2018/09/01
यहाँ हरेक वर्ष दर्जन बढी नयाँ अनुहारले फिल्ममा डेब्यु गर्छन् । कोहीले फिल्म अगावैदेखि विशेष चर्चा पाउँछन् त कतिको फिल्म रिलिज पश्चात् पनि चरोमुसो केही सुनिदैन । ब्यानर र को-स्टार्सले पनि एउटा डेब्यु कलाकारको करिअरलाई ठूलो अर्थ राख्छ । 
 
असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ बाट नेपाली फिल्म नगरीले एक नयाँ अनुहार पाएको छ । उनी हुन् धिरज मगर । हुनत, उनी फिल्ममा आउनु अगावैदेखि युवापुस्तामाझ परिचित अनुहार हुन् । 
 
उनलाई विशेषत नेपाली युटुबर भनेर चिन्ने गरिन्छ । इन्स्टाग्राममा उनलाई झण्डै ७० हजारले पछ्याउँछन् । ३४ हजार लाइक पेजको फेसबुक एकाउन्ट छ । उनको नाममा दर्जनौ फेसबुक पेज खोलिएका छन्, जसमा हजारौ लाइक्स छन् । 
 
 
मंगोलियन अनुहारका धिरजमाथि अहिले धेरै फिल्ममेकर्सको आँखा पर्न थालेको छ । केही निर्माता-निर्देशकले उनलाई फिल्म अप्रोज समेत गरिसकेको खबर छ । कति डेब्यु फिल्मको नतिजा कुरेर बसेका छन् । 
 
धेरैले त उनलाई अहिलेका दुई सुपरस्टार अनमोल केसी र प्रदीप खड्कालाई टक्कर दिनसक्ने अभिनेताको रुपमा हेर्न थालेका छन् । खबरअनुसार, ‘इन्टु मिन्टु लन्डनमा’ निर्देशक रेनाशा वान्तवा राईले अन्य तीन फिल्ममा धिरजलाई अनुबन्ध गरिसकेकी छन् । 
रिलिज अगावै चुलिएको चर्चालाई उनले फिल्म रिलिजपछि पनि कायमै राख्न सक्छन् वा सक्दैनन् ? यो महत्वपूर्ण कुरा हो । चकलेटी लुक्सले लोभलाग्दो फ्यान फलोइंग बनाएका उनको अब अभिनयमा कत्ति दम छ ? यसले नै आगामी भविष्यको बाटो तय गर्नेछ । 
 
युवती फ्यान अत्याधिक रहेका धिरजको ‘इन्टु मिन्टु लन्डनमा’ युवापुस्तामाझ चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधिएको छ । फिल्मको गीतसंगीत र ट्रेलरमा यी दुईको केमेस्ट्रीलाई औधि रुचाइएको छ । 
Most Visited News (monthly)