Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भंसालीको फिल्ममा टाइगर ?

एजेन्सी, मुम्बई, 2018/09/01
केही दिनयता बलिउड सुपरस्टार टाइगर श्राफ बलिउडका भेट्रोन निर्देशक सञ्जय लीला भंसालीको नयाँ फिल्ममा देखिने चर्चा छ । मुम्बई मिररको लेटेस्ट रिपोर्टका अनुसार, उक्त फिल्म अमीश त्रिपाठीको किताबमा बेस्ड हुनेछ ।    
 
फिल्म कल्पना, पौराणिक कथाहरु र र अडभेन्चर जस्ता कुरामा आधारित हुनेछ । फिल्म उनको किताब 'इमोर्टल्स अफ मेलुहा' मा आधारित हुनेछैन ।
 
यो किताब रिलिज हुन अझै बाँकी छ र सबै ठिक चल्यो भने सो किताब त्यही समयमा बुक स्टोर्समा आउनेछ जब फिल्मलाई लिएर सबै कुरा तय हुनेछ ।  
 
 
यो फिल्मलाई लिएर टाइगर र भंसालीले धेरै पटक भेट गरिसकेका छन् र दुवै अमीशसँग यो प्रोजेक्टमा काम गर्नका लागि निकै उत्सुक छन् ।
 
टाइगरले अहिले नै आफ्नो डेट्स भने दिएका छैनन्, तर आफ्नो प्याक्ड सेड्युलबाट समय निकाल्ने पूरा तयारीमा लागेका छन् । 
 
उनी आफ्नो फेभरेट निर्देशकको फिल्म गुमाउने मनस्थितिमा छैनन् । यसबारे अहिलेसम्म सञ्जय लीला भंसालीको तर्फबाट कुनै अफिसियल कन्फर्मेशन आएको छैन । 
Most Visited News (monthly)