Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चौका दाउ’ मा बर्षा कसकी पियारी ? (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/08/31
हास्यकलाकारहरुको बाहुल्यता रहेको कमेडी फिल्म ‘चौका दाउ’ को पहिलो गीत इन्टरनेट रिलिज भएको छ । ‘राधा पियारी...’ बोलको गीतमा चर्चित संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाले स्वर भरेका छन् । 
 
 
उनलाई गायनमा कोमल राजभण्डारीले साथ दिएकी छन् । श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द रहेको गीतमा गायक बाँस्कोटा स्वयमको संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका लिड कलाकारहरु फिचर्ड छन् । 
 
कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा अभिनेत्री बर्षा राउतलाई ‘राधा पियारी’ भन्दै पछि परेका छन् । गीतमा बर्षाका लागि मरिहत्ते गर्ने युवा र अर्धबैशे पुरुष पात्रहरुको चरित्र चित्रण गरिएको छ ।  
 
लोक फ्लेवरमा तयार पारिएको गीतले फिल्मको मूल कथा प्रस्ट्याएको निर्देशक पुर्नेन्दु झाले बताए । यसमा संगीतकार बाँस्कोटाको कथा छ । उक्त फिल्ममा तैयव शाह, निर्मल शर्मालगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निमार्ण रहेको यो फिल्मलाई दिर्घ गुरुङले खिचेको हुन । ‘चौका दाउ’ मा भिमफेदी ग्याइजको कोरियोग्राफी र मित्र डि.गुरुङको सम्पादन रहेको छ ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)