Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेम र रोदनले भरिएको ‘बाँध मायाले’ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2018/08/31
असोज ५ गते अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ सँग जुध्न तमतयार भएको अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनीत फिल्म ‘बाँध मायाले’ को 'कलरफूल' ट्रेलर सार्वजनिक भएको छ । 
 
‘कन्टेन्ट’ यूक्त ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, विछोड, रोदन सबै अटाइएको छ । आर्यन र सृष्टि बीचको प्रेम सम्बन्धले ल्याउने आरोहअवरोहलाई देखाउन खोजिएको छ । दुईको केमेस्ट्री लोभलाग्दो देख्न सकिन्छ । 
 
 
शिर्ष गीत सार्वजनिक भएसँगै चर्चामा रहेको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । ट्रेलरमा प्रेमिल संवादहरु बढी प्रयोग गरिएको छ । अन्तिममा सृष्टिले भनेकी छन्, 'जानेले त छाडेर गइहाल्छ । तर, यो मुटुबाट जाँदैन ।' 
 
लभस्टोरी फिल्मका पाखरीका लागि निर्देशक सविर श्रेष्ठले गतिलो प्याकेज बोकेर आएको ट्रेलरबाट अनुमान गर्न गाह्रो छैन । पहिलो पटक स्क्रिन साझेदारी गरेका आर्यन र सृष्टि ‘बाँध मायाले’ मा अर्जुन र श्रद्धाको भूमिकामा छन् । 
 
फिल्मलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । 
 
फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । यसै फिल्मबाट किशोर खड्का नायकको रुपमा आउँदैछन् ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)