Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धमला पत्नी एलिजाको ‘अनुराग’ ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/08/31
असोज १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, रोदन, विछोड सबै खुराक छ । 
 
 
अनु र रागको प्रेममा आउने उचारचढावको कथा फिल्मले वाचन गर्ने ट्रेलर बोल्छ । यो फिल्ममा एलिजाको नव-नायक समुन्द्र पण्डितसँग जोडी बाँधिएको छ । 
 
‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ । ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । 
 
भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)